close

राजधानीमा शुक्रबार डिजिटल फ्रिडम समिट हुँदै, यसरी बन्नुहाेस् सहभागी

टेकपाना टेकपाना

मंसिर २२, २०७९ १८:१

राजधानीमा शुक्रबार डिजिटल फ्रिडम समिट हुँदै, यसरी बन्नुहाेस् सहभागी

काठमाडाैं । भाेलि शुक्रबार राजधानीमा ‘डिजिटल फ्रिडम समिट २०२२’ हुने भएकाे छ । डिजिटल स्वतन्त्रता, साइबर सुरक्षा, इन्टरनेट गभर्नेन्सजस्ता विषयमा काम गर्न स्थापना भएकाे ‘डिजिटल फ्रिडम काेलिसन’काे आयाेजनामा याे कार्यक्रम हुन लागेकाे हाे ।

पछिल्लाे समय डिजिटल प्लेटफर्मकाे भूमिका व्यक्तिदेखि राज्यसम्म बढ्दै गएकाले सराेकारवालाहरूबीच सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले याे समिट गर्न लागिएकाे कार्यक्रमका संयाेजक बाबुराम अर्यालले जानकारी दिए ।

२४ मंसिरमा मनाइने मानव अधिकार दिवसकाे पूर्वसन्ध्यामा हुन लागेकाे समिटमा ‘डेमाेक्रेसी इन डिजिटल एज: पाेलिटिकल प्रस्पेक्टिभ’, ‘फ्रिडम टु कनेक्ट: इन्फ्राइस्ट्रक्चर एन्ड कन्टेन्ट’, ‘डिजिटल फ्रिडम एण्ड सिभिक इन्गेजमेन्ट’, ‘डिजिटल इकाेनाेमी: राेड अहेड’ गरी चार ओटा शीर्षकमा छलफल हुनेछ ।

कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरी फारम भर्नसक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ १८:१