एजेन्सी । बिहीबार बिहानमात्रै अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, आगामी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, र्यापर कानिय वेस्ट, माइकल ब्लुमबर्ग लगायतको ट्वीटर ह्याण्डल ह्याक भयो ।
क्रिप्टोकरेन्सी (बिटक्वाइन) का लागि भएको यो ट्वीटर ह्याकलाई सामाजिक सञ्जालमा भएको आजसम्मकै सबैभन्दा ठूलो घटनाको रुपमा लिइएको छ । बिल गेट्सको अकाउण्टमा लेखिएको थियो, ‘१,००० डलर पठाउनुस्, म तपाईंलाई २,००० डलर पठाउँछु ।’
ट्वीटरका संस्थापक ज्याक डोर्सीले यो ट्वीटरका लागि सबैभन्दा कठीन दिन भएको बताएका छन् । उनले आफ्नो ट्वीटर ह्याण्डलमार्फत ट्वीट गर्दै भनेका छन्, ‘हामीलाई भयावह महसुस भएको छ, ‘अहिले सबै ट्वीटर ह्याण्डल सुरक्षित भइसकेका छन् । तर पनि हामी यसमा थप काम गरिरहेका छौं । यो घटनाको विषयमा देखापरेका सम्पूर्ण जानकारी सबैमाझ शेयर गर्नेछौं । त्यसका लागि हाम्रो टिमले काम गरिरहेको छ ।’
Tough day for us at Twitter. We all feel terrible this happened.
We’re diagnosing and will share everything we can when we have a more complete understanding of exactly what happened.
? to our teammates working hard to make this right.
यसै क्रममा यी प्रभावशाली व्यक्तिहरुको ट्वीटर आकाउण्ट कसरी ह्याक भएको थियो भन्ने विषयमा ट्वीटरले प्रारम्भिक जानकारी दिएको छ । ट्वीटर सपोर्टकाअनुसार ह्याकरले कम्पनीका केही कर्मचारीको सिस्टममा पहुँच बनाएर त्यहाँबाट प्रभावशाली व्यक्तिहरुको ट्वीटर ह्याण्डल ह्याक गरेको हो । यस बारेमा थप अध्ययन भइरहेको ट्वीटर सपोर्टले उल्लेख गरेको छ ।