close

सिफ्टमा विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह

टेकपाना टेकपाना

बैशाख ४, २०७८ ८:३७

सिफ्टमा विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । पछिल्लो समय बालबालिकामा कोरोना सङ्क्रमण बढदै गएको बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य मापदण्डका उपाय अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।

मास्क र साबुन, स्यानिटाइजर, अनिवार्य प्रयोेग गर्नुको साथै धेरै विद्यार्थी रहेको विद्यालयमा सिफ्टमा कक्षा चलाउन आग्रह गरेकोे हो ।

तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा समारोह, वार्षिक उत्सव जस्ता भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्नसमेत मन्त्रालयले आग्रह गरेको छ । 

साथै विद्यालय चलाउँदा मन्त्रालयबाट जारी भएको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को अनुसरण गर्न मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१