close

पब्जी विश्वकपमा नेपाललाई ऐतिहासिक सफलता, उपविजेता बन्दै डीआरएसले जित्यो ३ करोड

टेकपाना टेकपाना

पुस २४, २०७९ २१:५८

पब्जी विश्वकपमा नेपाललाई ऐतिहासिक सफलता, उपविजेता बन्दै डीआरएसले जित्यो ३ करोड

काठमाडौं । नेपाली टिम डीआरएस गेमिङले पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । पब्जी विश्वकप अन्तर्गतको फाइनलमा दोस्रो स्थान प्राप्त गरेको डीआरएस गेमिङले उपाधी स्वरूप  दुई लाख २० हजार अमेरिकी डलर (करिब तीन करोड रुपैयाँ) जितेको छ । 

डीआरएस गेमिङले कूल १८ खेलबाट १५८ पोइन्ट ल्याएको छ । जसमा ७० एलिमिनेसन पोइन्ट र दुई चिकेन डिनर समावेश छन् । यससँगै पीएमजीसी २०२२ को उपाधि टर्कीको पब्जी टिम एसटूजी ई-स्पोर्टसले जितेको छ । एसटूजीले कूल १९० पोइन्ट ल्याएको छ । एसटूजी ई-स्पोर्टसले चार लाख २० हजार अमेरिकी डलर (करिब पाँच करोड पचास लाख रुपैयाँ) हात पारेको छ ।

 त्यस्तै ब्राजिलको पब्जी टिम अल्फा सेभेन ई-स्पोर्टसले तेस्रो स्थान प्राप्त गरेको छ । नेपाली टिम ट्रेन टु किल भने ११२ पोइन्ट ल्याएर १३ औँ स्थानमा सीमित हुन पुगेको छ । ट्रेन टु किलले पनि ४४ हजार डलर (करिब ५८ लाख रुपैयाँ) पुरस्कार हात पारेको छ । त्यस्तै तेस्रो हुने टिम अल्फा सेभेन ई-स्पोर्टसले एक लाख ४० हजार डलर (करिब एक करोड ८५ लाख रुपैयाँ) पाएको छ । 

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ २१:५८