close

च्याटजीपीटी तयार पार्ने ओपनएआईको काेर टिममा को-को छन् ?

टेकपाना टेकपाना

फागुन १, २०७९ १५:५०

च्याटजीपीटी तयार पार्ने ओपनएआईको काेर टिममा को-को छन् ?

काठमाडौं । ओपनएआईले ल्याएकाे एआईमा आधारित च्याटबट 'च्याटजीपीटी'काे अहिले विश्वभर चर्चा छ । तर धेरैलाई च्याटजीपीटी पछाडि क-कसकाे प्रमुख भूमिका छ भन्ने विषयमा जानकारी नहुन सक्छ ।

यसो त च्याटजीपीटीलाई ओपनएआईकै टिमले तयार पारेको चर्चा छ । तर, ओपनएआईमा संलग्न सबै व्यक्तिहरू च्याटजीपीटीमा छैनन् । उदाहरणका लागि ओपनएआईका संस्थापकको सूचीमा एलन मस्कको नाम अग्रस्थानमा आउँछ ।

उनले च्याटजीपीटी तयार हुनुअगावै सन् २०१८ मा कम्पनीको संस्थापकका रूपमा राजीनामा दिएका थिए । च्याटजीपीटी विकासमा पाँच जनाको नाम शीर्ष स्थानमा आउँछ, जसमा साम अल्टम्यान, मिरा मुराती, इल्या सट्सकेभर, ग्रेग ब्रोकम्यान र ब्राड लाइटक्याप रहेका छन् ।

साम अल्टम्यान

साम अल्टम्यान

च्याटजीपीटी आउनुमा सबैभन्दा मुख्य हात साम अल्टम्यानको रहेको छ । ३८ वर्षीय उद्यमी, लगानीकर्ता एवम् प्रोग्रामर अल्टम्यान १९ वर्षको उमेरमा साेसल मिडिया कम्पनी लुप्ट (loopt) को सीईओ बनेका थिए ।

लुप्ट त्यस्तो सामाजिक सञ्जालको माध्यम हो, जुन लोकेसनमा आधारित छ । विश्वका प्रख्यात कम्पनी पिन्टरेस्ट, रेडिट जस्ता कम्पनीमा लगानीकर्ता रहेका उनले एलन मस्क, रेइड होफम्यान लगायत अन्य व्यक्तिसँग मिलेर ओपनएआईको स्थापना गरेका थिए ।

उनकै नेतृत्वमा कम्पनीले जेनेरल आर्टिफिसियल इन्टेलिजेन्स (जीपीटी-१), ड्यालई र च्याटजीपीटी (जीपीटी-३) ल्याएको छ ।

मिरा मुराती (Mira Murati)


 

च्याटजीपीटीमा भारतीय मूलका अमेरिकी नागरिक मिरा मुरातीले अतुलनीय भूमिका निभाएकी छन् । सन् २०१८ मा ओपनएआईमा जोडिएकी मुराती अहिले प्रमुख प्रविधि अधिकृत (सीटीओ) का रूपमा कार्यरत छिन् ।

उनी अमेरिकाको सान फ्रान्सिस्कोमा जन्मेकी भए पनि उनका बाबु आमा भारतीय मूलका नागरिक हुन् । ओपन एआईमा आबद्ध हुनुअघि मुराती टेस्लामा सिनियर प्रोडक्ट मेनेजरका रूपमा काम गर्थिन् ।

इल्या सट्सकेभर

ओपनएआईका संस्थापक इल्या सट्सकेभर पनि च्याटजीपीटी टिमको सक्रिय सदस्यमध्येका एक हुन् ।  सो कम्पनीमा चिफ साइन्टिस्ट समेत रहेका उनी यसअघि पनि विभिन्न कम्पनीमा आबद्ध भइसेका छन् ।

उनले न्युरोल नेटवर्क तथा मेसिन लर्निङसँग सम्बन्धित विभिन्न कम्पनीमा काम गरिसकेका छन् । उनले एलेक्सनेट न्युरल नेटवर्क पनि तयार पारेका छन् ।

ग्रेग ब्रोकम्यान

च्याटजीपीटीको उदयका पछाडि ओपनएआईका अध्यक्ष ग्रेक ब्रोकम्यानको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । उनी ओपन एआईका सह-संस्थापक पनि हुन् ।

ओपन एआईमा आवद्ध हुनुअघि उनी पेमेन्ट प्रोसेसिङ सफ्टवेयर स्ट्राइपका प्रमुख प्रविधि अधिकृत (सीटीओ) थिए ।

ब्रड लाइटक्याप

ओपन एआईका चिफ अपरेटिङ अफिसर ब्रड लाइक्यापले पनि च्याटजीपीटीमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

वाई कम्बीनेटरका लगानीकर्ता समेत भइसकेका लाइटक्याम ड्रपबक्समा फाइनान्स स्ट्राटेजिस्ट (वित्त रणनीतिकार) थिए ।

पछिल्लो अध्यावधिक: फागुन २, २०७९ १०:०