close

‘अनलाइनमा पैसा कमाउने तरिका’ भन्दै नेपाली ठग्ने चिनियाँ सहित १९ जना पक्राउ

टेकपाना टेकपाना

चैत १५, २०७९ १५:४२

‘अनलाइनमा पैसा कमाउने तरिका’ भन्दै नेपाली ठग्ने चिनियाँ सहित १९ जना पक्राउ

काठमाडौं । अनलाइनमार्फत एक कराेड रुपैयाँ बढी ठगी गरेको आरोपमा नेपाली र चिनियाँसहित १९ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानीका विभिन्न ठाउँबाट पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

काठमाडौंमा घर भाडामा लिई चिनियाँ नागरिकहरूले अवैध रुपमा कार्यालय सञ्चालन गरी अनलाइन व्यवसायमा फाइदा हुन्छ भनी मानिसहरूलाई टेलिग्राममा जोडेर रकम ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूले अनलाइनमार्फत ड्रप शिपिङ व्यवसायमा ठूलो रकम फाइदा हुन्छ भनी टेलिग्राममा 'अपरेसन टिचर' नामक च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गर्ने नाममा रकम ठगी गर्ने गरेका थिए ।

यस विषयमा सूचना पाएपछि अनुसन्धानका क्रममा काठमाडौंका विभिन्न स्थानहरूबाट उक्त ठगी कार्यमा संलग्न नाै जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिकसहित १९ जना व्यक्तिलाई मंगलबार पक्राउ गरी सार्वजनिक गरिएको हो । 

प्रहरीले उनीहरूको साथबाट १२ थान विभिन्न ब्रान्डका ल्यापटप, सिमसहितको ७७ थान मोबाइल सेट, ७४ थान सिम कार्ड, छ थान राहदानी, दुई थान डेस्कटप, एक थान राउटर र चा। लाख १ हजार ८८० रुपैयाँ पनि बरामद गरेको छ । 

पक्राउ पर्नेमा दोलखाका ४६ वर्षीय बुद्धिराज श्रेष्ठ र २६ वर्षीय अर्जुन श्रेष्ठ, नुवाकोटका २९ वर्षीय इन्द्र तामाङ, ३६ वर्षीय राजकुमार लामा, काठमाडौंका २५ वर्षीय प्रयास भण्डारी, रामेछापका ३४ वर्षीया रविना सुनुवार, गोरखाकी २० वर्षीया अनु गुरुङ, उदयपुरकी १९ वर्षीया अनिता मगर, लम्जुङका ३४ वर्षीया सुनिता गुरुङ र २२ वर्षीया कृष्टिना लामा रहेका छन् । 

त्यस्तै चिनियाँ नागरिकहरूमा ३३ वर्षीय हुवाङ ह्वानरङ, ३६ वर्षीय सु फुचियाङ,  ३४ वर्षीय लान जेङवाई, ४० वर्षीय जि गुओ वाई, २९ वर्षीय जी शुवाङ डी,  ३१ वर्षीय गाओ मिङ, ३९ वर्षीय इहाेउ पिङ भिनो, ३० वर्षीय चेन डुर लिन र ३९ वर्षीय लिबियन रहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १५, २०७९ २०:८