close

हरेक स्थानीय तहमा अब कम्तीमा एउटा स्मार्ट विद्यालय, प्रविधिमार्फत पठनपाठन गरिने

टेकपाना टेकपाना

जेठ ५, २०८० १७:५१

हरेक स्थानीय तहमा अब कम्तीमा एउटा स्मार्ट विद्यालय, प्रविधिमार्फत पठनपाठन गरिने

काठमाडौं । सरकारले हरेक स्थानीय तहमा कम्तीमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाउने योजना ल्याएको छ ।

शुक्रबार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा यो विषय पनि समावेश गरिएको छ ।

नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ''हरेक स्थानीय तहमा कम्तीमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइनेछ ।''

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १७:५१