close

वनएक्स बेटका ५ जना एजेन्ट पक्राउ, एक अर्ब बढीको सट्टेबाजी

टेकपाना टेकपाना

जेठ ३१, २०८० १४:४७

वनएक्स बेटका ५ जना एजेन्ट पक्राउ, एक अर्ब बढीको सट्टेबाजी

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्म वनएक्स बेटमा सक्रिय पाँच जना नेपाली एजेन्ट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिनेश खड्का सहितको गिरोहलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खड्काकी प्रेमिका अनिता धितालसमेत रहेकी छन् ।

त्यस्तै दिपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछानेलाई बुधबार पनि वनएक्स बेटमार्फत अवैध सट्टेबाजी गराएको आरोपमा पक्राउ गरिएको छ ।

उनीहरूमाथि प्रारम्भिक अनुसन्धान थाल्दा एक अर्ब बढीकाे रकम सट्टेबाजीका लागि काराेबार भएकाे पाइएकाे प्रहरीले जानकारी दिएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८० १५:८