close

२०० किलोमिटर रेञ्ज दिने वुलिङ एयर ईभी प्रिबुक गर्दा ४ लाख छुट पाइने

टेकपाना टेकपाना

असार ११, २०८० १५:२४

२०० किलोमिटर रेञ्ज दिने वुलिङ एयर ईभी प्रिबुक गर्दा ४ लाख छुट पाइने

काठमाडौं । २०० किलोमिटर अधिकतम रेञ्ज भएको वुलिङ एयर ईभीकाे प्रि-बुकिङ खुलेको छ । नेपालका लागि वुलिङको आधिकारिक बिक्रेता बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स उक्त मोडेलको प्रि-बुकिङ खुलाएको हो ।

यससँगै अब बजार मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको वुलिङ एयर ईभी उपभोक्ताले २० लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । यो अफर एक महिनाका लागि ल्याइएको हो ।

कम्पनीले ३०० किलोमिटर रेञ्ज भएको वुलिङ एयर ईभीमा भने  छुट दिएकाे छैन ।

३० किलोवाट क्षमताको मोटर भएको यस यस मोडेलमा १७.३ किलोवाट क्षमताको ब्याट्री समावेश छ । २९७४ एमएम लम्बाइ, १५०५ एमएम चौडाइ र १६३१ एमएम उचाइ भएको वुलिङ एयर ईभीमा २०१० एमएम ह्विलबेस रहेको छ ।

यसमा कम्पनीले २.० किलोवाट क्षमताको एसी चार्जर उपलब्ध गराएको छ, जसले साढे आठ घण्टामा फुल चार्ज गर्ने कम्पनीको दाबी छ । चार ओटा सिट भएको यस ईभीको ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ ।

सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले यसमा दुई ओटा एयर ब्याग, एबीएस (एन्टिलक ब्राकिङ सिस्टम), ईबीडी (इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन), टीपीएमएस (टायर प्रेसर मनिटरिङ सिस्टम) र हिल होल्ड प्रणाली जडान गरेको छ । त्यस्तै यो मोडेलमा ड्रम ब्रेक पनि उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असार ११, २०८० १६:१