close

भारतीय ई‍-कमर्श मिन्त्राका फेसन सामग्री सस्तोडिलबाट खरिद गर्न सकिने

टेकपाना टेकपाना

असार १९, २०८० १८:५४

भारतीय ई‍-कमर्श मिन्त्राका फेसन सामग्री सस्तोडिलबाट खरिद गर्न सकिने

काठमाडौं । भारतीय फेसन ई‍-कमर्श कम्पनी मिन्त्राका सामग्री अब सस्तोडिलबाटै खरिद गर्न सकिने भएको छ । मिन्त्राका फेसन सामग्री नेपालमा बिक्री गर्नका लागि हालै सस्तोडिल र मिन्त्राबीच सम्झौता भएको हो ।

यससँगै सस्तोडिलले मिन्त्रामा उपलब्ध विभिन्न ब्रान्डका फेसन तथा ब्युटी प्रडक्ट आफ्नै प्लेटफर्मबाट बिक्री गर्नेछ । सम्झौता अनुसार सस्तो डिलले ब्रान्ड शोरूम पनि खोल्ने बताइएको छ । जहाँबाट ग्राहकले अनलाइन र अफलाइन रिटेलको अनुभव लिन पाउनेछन् ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा सस्तोडिलले अब एचआरएक्स, रोडस्टे, अनोट र ड्रेसबेरी, हियर एन्ड नाउ, मास्ट एन्ड हार्बर फेसन ब्रान्डका सामाग्री बिक्री गर्ने उल्लेख छ । सस्तोडिलमा मिन्त्रामा भएका ब्रान्डका फेसन तथा ब्युटी प्रडक्ट लाइभ भइसकेका छन् ।


 

पछिल्लो अध्यावधिक: असार १९, २०८० १८:५४