close

विद्युतीय व्यापार विधेयक राष्ट्रिय सभामा पेश

टेकपाना टेकपाना

असार २६, २०८० १४:४०

विद्युतीय व्यापार विधेयक राष्ट्रिय सभामा पेश

 

काठमाडौं । विद्युतीय माध्यमबाट गरिने साना तथा मझौला उद्योग व्यवसायलाई सम्बोधन गर्न बनाइएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रिय सभामा पेश गरिएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त विधेयक पेश गरेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको जानकारी गराएपछि मन्त्री रिजालले विधेयक पेश गरेका थिए । 

विधेयक पेश गर्दै मन्त्री रिजालले नेपालमा विद्युतीय माध्यमबाट गरिने व्यापार/व्यवसायको कानून अभाव हुँदा उपभोक्ताको संरक्षण तथा समस्याको निराकरण गर्न  कठिनाइ भएकाले त्यसलाई व्यवस्थित र विश्वसनीय बनाउन विधेयकको आवश्यकता भएको बताए । त्यस्तै यस विधेयकले तिनलाई नियमन तथा सहजीकरण गर्न, व्यवस्थित र विश्वसनीय बनाउने पनि उनले विश्वास व्यक्त गरे ।

यस अगाडि असार १५ मा यो विधेयक राष्ट्रिय सभामा दर्ता भएको थियो । विधेयकमा कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई विद्युतीय व्यापार गर्ने कानूनी आधार तयार हुने व्यवस्था गरिएको छ । 

विद्युतीय व्यापार भन्नाले विद्युतीय प्लेटफर्ममार्फत कुनै वस्तु वा सेवाको खरिद वा बिक्री गर्ने प्रक्रिया हो ।

पछिल्लो अध्यावधिक: असार २६, २०८० १४:४०