close

नोटप्याडमा लेखेका कुरा अब स्वतः सेभ हुने

टेकपाना टेकपाना

भदौ १५, २०८० १२:२१

नोटप्याडमा लेखेका कुरा अब स्वतः सेभ हुने

काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ का लागि नोटप्याडमा अटोसेभ फिचर ल्याउने भएको छ । हाल विन्डोज इन्साइडर प्रोग्राममा मात्र उपलब्ध यो फिचर कम्पनीले छिट्टै सर्वसाधारणका लागि उपलब्ध गराउने जानकारी दिएकाे छ ।

​विशेषगरी नोटप्याडमा केही कुरा टाइप गरियो र सो ट्याब क्लोज गर्नुपर्‍यो भने फाइल सेभ गर्नुपर्ने बाध्यता छ । त्यस्तै केही गरी कम्प्युटर वा ल्यापटपको नोटप्याडमा केही टाइप गरिरहेको छ, त्यत्तिकैमा पावर कट भएर कम्प्युटर अफ भयो भने लेखेको कुरा हराउँछ । प्रयोगकर्ताले सामना गर्नुपरेको यो समस्या समाधान गर्न कम्पनीले अटोसेभ फिचर ल्याउन लागेको हो ।

त्यसबाहेक पनि कम्पनीले नोटप्याडमा ट्याब्स, डार्क मोड जस्ता फिचरहरू समावेश गर्न लागेको छ । त्यसैगरी माइक्रोसफ्टको स्निपिङ टुलमा पनि केही आकर्षक फिचर आउने भएका छन् ।

द भर्जका अनुसार अब स्निपिङ टुलमा स्क्रिन रेकर्डिङका लागि आकर्षक इन्टरफेस आउनेछ । स्निपिङ टुलका लागि नयाँ शर्टकट उपलब्ध हुनेछ । सो शर्टकट टाइप गर्नासाथ स्क्रिन रेकर्डको अप्सन खुल्नेछ ।

यी फिचरहरू हाल विन्डोज इन्साइडर प्रोग्राम अन्तर्गतका डेभ च्यानल र क्यानरीमा उपलब्ध भएका छन् ।

पछिल्लो अध्यावधिक: भदौ १५, २०८० १२:२१