close

पठाओ र इनड्राइभमा अफलाइन राइड शेयरिङ गर्ने ८३ जना पक्राउ

टेकपाना टेकपाना

असोज २९, २०८० १२:६

पठाओ र इनड्राइभमा अफलाइन राइड शेयरिङ गर्ने ८३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले राइड शेयरिङ तथा हेलिङ एपहरू पठाओ र इनड्राइभमा अफलाइन ड्राइभिङ गर्ने ८३ जनालाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले आइतबार काठमाडौंका विभिन्न स्थानबाट अफलाइन राइडरलाई नियन्त्रणमा लिएको हो ।

"काठमाडौंका विभिन्न स्थानहरूबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने अफलाइन ट्रिप्स तथा राइड क्रियाकलापमा संलग्न ८३ जना व्यक्तिलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिएको छ," परिसरले भनेको छ । विगतका केही आपराधिक घटनाहरूमा यस्ता सवारीहरूको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारण देखाउँदै प्रहरीले अफलाइन राइडरलाई कारबाही थालेको हो ।

"अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन सम्पूर्ण सरोकारवालाहरू तथा आम सर्वसाधारणहरूमा जिल्ला प्रहरी परिसर काठमाडौं हार्दिक अनुरोध गर्दछ," परिसरले अगाडि भनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २९, २०८० १२:६