close

गुनगुनाएकै भरमा युट्युबमा गीत खोज्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

कात्तिक १४, २०८० २०:५४

गुनगुनाएकै भरमा युट्युबमा गीत खोज्न सकिने, यस्तो छ तरिका

काठमाडौं । गुनगुनाएको भरमा युट्युबमा गीत खोज्न सकिने फिचर सार्वजनिक भएको छ । गुगलको स्वामित्वमा रहेको कम्पनी युट्युबले हालै यस्तो फिचर ल्याएको हो । यसअन्तर्गत जसरी प्रयोगकर्ताले यसअघि बोलेर गीत वा अन्य म्युजिक भिडिओ खोज्ने गर्थे त्यसरी नै अब गुनगुनाएर गीत खोज्न सक्नेछन् ।

सुरुवाती चरणमा यो फिचर कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराएको छ । आईओएस र वेब प्रयोगकर्ताले भने केही समयपछि यो फिचर प्रयोग गर्न पाउनेछन् । त्यसका लागि प्रयोगकर्ताले युट्युबको पछिल्लो भर्सन अपडेट गर्नुपर्ने हुन्छ ।

त्यसपछि युट्युब एप खोलेर भ्वाइस सर्चको अप्सनमा जानुहोस् । अनि, भ्वाइस र सङ्ग्सको अप्सन देखाइएको हुन्छ । ‘सङ्ग्स’ को अप्सनमा गइसकेपछि ब्याकग्राउन्डमा कुनै गीत बजाएर वा गीत गुनगुनाएपछि तपाईंले खोजेको गीत म्याच भएको खण्डमा भिडिओ अगाडि आउँछ ।

युट्युबमा सुविधा ल्याउनुअघि गुगलले सर्चमा यस्तो सुविधा ल्याएको थियो । त्यसका लागि प्रयोगकर्ताले गुगलको बक्समा रहेको माइक्रोफोनको अप्सन छानेर ‘सर्च फर म्युजिक’को अप्सनमा जानुपर्थ्यो । त्यसपछि मात्र गीत गुनगुनाएपछि गुगल सर्चमा रिजल्ट देखिन्थ्यो ।

त्यो बाध्यतालाई हटाउँदै गुगलले युट्युबमै उक्त प्रणाली समावेश गरेको हो । त्यस्तै नयाँ अपडेटमार्फत युट्युबमा लाइभ भ्युज तथा लाइक काउन्टको सुविधा थपिएको छ । यससँगै युट्युबमा कुनै पनि भिडिओ हेरिरहँदा त्यसमा आएको भ्युज हरेक समय कतिले बढेको छ भन्ने देखिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८० २१:१३