close

‘कोपाइलट’ नाममा रिब्राण्ड भयो बिङ च्याट

टेकपाना टेकपाना

मंसिर १, २०८० १८:२२

‘कोपाइलट’ नाममा रिब्राण्ड भयो बिङ च्याट

काठमाडौं । माइक्रोसफ्टले आफ्नो एआई च्याटबट बिङ च्याटलाई रिब्रान्डिङ गरेको छ । कम्पनीले बिङलाई कोपाइलट (Copilot) बनाउँदै रिब्रान्डिङ गरेको हो ।

माइक्रोसफ्टको यो कदम च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न चालिएको द भर्जले जनाएको छ । द भर्जका अनुसार ओपन एआईले साप्ताहिक रूपमा १० करोड प्रयोगकर्ताले च्याटजीपीटी चलाउने बताएपछि माइक्रोसफ्टले यस्तो कदम चालेको हो ।

हाल यी दुई कम्पनीले एआईको विकासका लागि अर्बौं रुपैयाँको सहकार्य गरिरहेको भएता पनि एआई एसिस्टेन्ट प्रयोग गर्ने प्रयोगकर्ताका लागि प्रतिस्पर्धा गरिरहेका छन् । विशेष गरेर उपभोक्ता तथा व्यवसायीहरूलाई लक्षित गर्दै माइक्रोसफ्टले कोपाइलटमा काम गरिरहेको छ ।

बिङलाई रिब्रान्डिङ गरेसँगै माइक्रोसफ्टले यसको छुट्टै डोमेन समेत तयार पारेको छ । जसलाई माइक्रोसफ्ट अकाउन्टबाट सजिलै चलाउन सकिन्छ । साथै बिजनेस अकाउन्टका लागि कोपाइलट चलाउन स:शुल्क विकल्प पनि रहेको छ ।

कोपाइलटलाई बिङ, विन्डोज र माइक्रोसफ्ट एजबाट चलाउन सकिन्छ । करिब एक वर्ष पहिले माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन बिङमा एआई च्याटबट ल्याएको थियो । अब भने रिब्रान्डिङसँगै माइक्रोसफ्टले आफ्नो एआई महत्वाकांक्षा पूरा गर्न बिङलाई छाडेर कोपाइलटतिर सरेको विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०८० १८:२२