close

‘एनसेलको शेयर खरिद-बिक्री शंकास्पद, छानबिन हुन्छ’

टेकपाना टेकपाना

मंसिर २०, २०८० १६:३६

‘एनसेलको शेयर खरिद-बिक्री शंकास्पद, छानबिन हुन्छ’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको शेयर खरिद-बिक्री शंकास्पद रहेको भन्दै छानबिन हुने बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्‍दै अध्यक्ष खनालले एनसेल स्वामित्व बिक्री प्रकरणको छानबिन हुने स्पष्ट पारे । 

शेयर मूल्य र प्रक्रियागत विषय हेरेर मात्रै प्राधिकरणले स्वीकृति दिने भन्दै उनले आजियाटा र यूके स्पेक्ट्रलाइटबीचकाे सम्झाैता शंकास्पद रहेकाे उल्लेख गरे ।

शेयर खरिद-बिक्री सम्बन्धमा प्राधिकरणले लिखित जवाफ माग गरेबमोजिम एनसेलले मंगलबार पत्र पठाएको र उक्त पत्रमा सम्झाैताकाे कागजात संकलन गरी पेस गरिने व्यहोरा रहेको उनले सुनाए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' काे सक्रियतामा मन्त्रिपरिषदबाट यसबारे छानबिन गर्न समिति गठन हुने भएकाले उपयुक्त छानबिन हुने उनको भनाइ छ । 

उनले सरकारले टेलिकम क्षेत्रका वैदेशिक लगानी प्रत्यक्ष हुनुपर्ने भने पनि एनसेलमा लगानी प्रत्यक्ष नभएको भनाइ राखे । ''एनसेलको बक्यौता प्राधिकरणले पेल्नान्टीसहित असुल गर्छ । राजस्वमा एक पैसा सम्झौता हुँदैन । यसमा नीतिगत स्पष्टता, संसदीय समितिको प्रवेश, मन्त्रिपरिषद्को निर्णयका कारण सहजीकरण रोकिएको छ ।''

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८० १७:०