close

मास्टर्समा साइबर सेक्युरिटी कोर्स पढाउने तयारीमा त्रिवि

टेकपाना टेकपाना

मंसिर २७, २०८० १२:२०

मास्टर्समा साइबर सेक्युरिटी कोर्स पढाउने तयारीमा त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले साइबर सेक्युरिटीको कोर्स बनाउन कार्यसमिति गठन गरेको  छ ।

संस्थानले स्नातकोत्तर तहमा ‘एमएसी इन कम्प्युटर इन्जिनियरिङ स्पेसलाइजेसन इन नेटवर्क एन्ड साइबर सेक्युरिटी’ कोर्स सञ्चालन गर्न सहप्राध्यापक डा. ज्योति तण्डुकारको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । 

समितिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान निकाय र उद्योगहरूसँग समन्वय गरी अन्तर्राष्ट्रिय स्तरको कोर्स स्ट्रक्चर निर्माण र पाठ्यक्रम विकासमा संयोजन गर्नु पर्ने बताइएको छ । त्यस्तै कोर्स सञ्चालनको कार्य निर्देशिका सहितको खाका समेत तयार पार्नुपर्ने छ ।  

त्यस्तै देशको आवश्यकता र विश्वमा बढ्दै गरेको साइबर सुरक्षा प्रतिरक्षा प्रणाली विकासमा अध्ययन, अध्यापन तथा अनुसन्धान आवश्यक भएकाले विशिष्ट खालको स्नातकोत्तर कार्यक्रम तयार पार्न लागिएको आईओईले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८० १२:२९