close

पोखरामा ‘वर्डक्याम्प नेपाल २०२४’ सुरु, विभिन्न देशबाट १ हजार बढीको सहभागिता

टेकपाना टेकपाना

पुस २७, २०८० १३:३९

पोखरामा ‘वर्डक्याम्प नेपाल २०२४’ सुरु, विभिन्न देशबाट १ हजार बढीको सहभागिता

पोखरा । वर्डप्रेस नेपालको आयोजनामा छैटौं संस्करणको वर्डक्याम्प नेपाल सुरु भएको छ । पोखराको बिरोटास्थित होटल पोखरा ग्रान्डमा सुरु भएको कार्यक्रममा बंगलादेश, भारत, अमेरिका, मलेसिया, युरोपेली देश लगायतबाट दुई सयसहित करिब एक हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ । 

कार्यक्रमको पहिलो दिन वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्नेबारे जानकारी तथा विशेष योगदान दिइने छ । दोस्रो दिनमा सष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले वर्डप्रेस साथै सूचना प्रविधि सम्बन्धी विभिन्न विषयहरुमा रहेर जानकारी तथा प्रशिक्षण दिनेछन् । 

कार्यक्रममा वेब डिजाइन, युजर इन्टरफेस डिजाइन, डिजिटल मार्केटिङ, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन, मसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स, वर्डप्रेस समुदायको विकास लगायतका अन्य थुप्रै विषयहरुमा अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै सूचना तथा प्रविधिका नवीन आयामबारे जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्मेलनमा अन्तक्रियात्मक कार्यशालाहरू, नेटवर्किङ अवसरहरू, प्रायोजक प्रदर्शनीहरू र योगदानकर्ता दिवस हुने वर्डक्याम्प नेपाल २०२४ का लोकल लिड निशाल गुरुङले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: पुस २७, २०८० १३:४०