close

केही फरक गर्ने योजनाका साथ नेपाल आइपुगे चर्चित भ्लगर ‘नास डेली’

टेकपाना टेकपाना

पुस २८, २०८० १५:३

केही फरक गर्ने योजनाका साथ नेपाल आइपुगे चर्चित भ्लगर ‘नास डेली’

काठमाडौं । नास डेली (Nas daily) नामले चिनिएका चर्चित इजरायली भ्लगर नुसेर यासिन नेपाल आइपुगेका छन् । आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत उनले यसबारे जानकारी दिएका हुन् ।

यासिनले इस्टाग्राम स्टोरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको भगवान गौतम बुद्धको मुर्तिको छोटो भिडिओ राखेका छन् । त्यसमा केही फरक कुराको योजना बनाइरहेको उनले उल्लेख गरेका छन् ।

उनी फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालमा भिडिओ राखेर उदाएका भ्लगर हुन्, जहाँ उनले ‘नास डेली’ नामक पेजबाट भिडिओ राख्छन् । 

विशेषगरी एक मिनेटका भिडिओहरू निरन्तर एक हजार दिनसम्म हालेर उनी चर्चित भएका थिए ।

उनी पहिले एकपटक नेपाल आइसकेका छन् । १० दिनकाे बसाइँमा उनी अन्नपूर्ण बेस क्याप ट्रेक गएका थिए । साथै डा. सन्दुक रुइतबारे भिडिओ समेत बनाएका थिए । 

हाल उनले आफ्नै नास एकेडेमी, नास स्टुडियो, नास आईओ चलाइरहेका छन् । उनका फ्यान नेपालमा पनि ठूलो संख्यामा रहेका छन् ।

पछिल्लो अध्यावधिक: पुस २८, २०८० १९:४३