close

ईसेवामा समस्या

टेकपाना टेकपाना

पुस २९, २०८० १३:३३

ईसेवामा समस्या

काठमाडौं । डिजिटल वालेट ईसेवा चल्न छोडेको छ । बिहान करिब ११ बजेदेखि एपमा समस्या भोगिरहेको प्रयोगकर्ताले गुनासो गरेका छन् ।

टेकपानासँग कुरा गर्दै ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्काले नेटवर्कमा समस्या देखिएको र आफ्नो प्राविधिक टोली समस्याको शीघ्र समाधानका लागि काम गरिरहेकाे जानकारी दिए ।

“ईसेवाको एपमा नभई नेटवर्क लेभलमा समस्या आएको हो,” उनले भने, “धेरै पूर्वाधार हुन्छ, त्यसमध्ये कुनमा समस्या आएको हो भन्ने थाहा भइसकेको छैन । इन्टरनेटको समस्या हो वा कनेक्सनको समस्या हो भन्नेबारे पहिचान गर्दैछौं ।”

उनले समस्या पहिचान गर्न टिम खटिएको र छिट्टै समाधान हुने बताउँदै यसबाट ​ग्राहक, ईसेवा एजेन्ट तथा मर्चेन्टहरूमा पर्न गएको असुविधाका लागि माफी मागे ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८० १३:५०