close

त्रिविमा आजदेखि ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनबाटै

टेकपाना टेकपाना

माघ १५, २०८० ९:४८

त्रिविमा आजदेखि ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनबाटै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनमार्फत प्रदान गर्ने भएको छ । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनु नपर्ने गरी ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने व्यवस्था गरेको हो ।

अनलाइन सेवा अन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने पनिकाको जनाएको छ । यसका लागि ‍ई-पेमेन्टको सुविधा समेत हुने बताइएको छ ।

आज हामी ट्रान्सक्रिप्टका लागि अनलाइन आवेदन दिने तरिकाबारे जानकारी दिँदै छौंः

१. सबैभन्दा पहिले यहाँ क्लिक गरेर  परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमा जानुहोस् । 

२. त्यसपछि त्यहाँ होमपेजमा देखाइएको सर्टिफिकेट ‘Certificate’ को लिङ्कमा क्लिक गर्नुहोस् । 

३. यति गरेपछि साइन अप (Sign Up) अप्सनमा जानुहोस् । 

४. अब ईमेलमा आएको लिङ्कमा क्लिक गरेर दर्ता गर्नुहोस् । 

५. त्यसपछि रजिस्ट्रेसन स्लिप अपलोड गर्ने इन्टरफेस आउँछ । ( pdf, jpg वा image form को प्रयोग गर्न सकिन्छ ।)

६. त्यसपछि ट्रान्सक्रिप्ट ‘Transcript’ मा गएर आवश्यक सूचना भर्नुहोस् । त्यसैगरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा क्लिक गरी माग भएको सूचना उपलब्ध गराउनुहोस् । 

७. अनि अनलाइनमा उल्लेख गरिएको सूचना अनुसार फारम भर्नुहोस् र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा ‘सब्मिट’ (submit) गर्नुहोस् ।

६. सब्मिट भएपछि सम्बन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रक्रिया सुरु हुनेछ र सबै प्रक्रिया मिलेको खण्डमा ट्रान्सक्रिप्ट प्रिन्टको प्रक्रियामा जानेछ ।

७. प्रमाणीकरण गरी तयार भएको ट्रान्सक्रिप्टको सूचना सेवाग्राहीलाई पठाइने छ। यदि सूचना अपूर्ण भएमा वा गलत भएमा सोको जानकारी पनि सम्बन्धित विद्यार्थीलाई पठाइने परीक्षा नियन्त्रण कार्यालय बल्खुले उल्लेख गरेको छ । र, आवश्यक प्रक्रिया पूरा गरी पुनः अपलोड गरी पूर्ववत् सेवा सुचारु भई कार्यान्वयनमा जानेछ ।

८. अनलाइन सेवाबाट सेवा सुविधा लिने विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गरिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो सेवा आज (सोमबार)का दिन बिहान १०:०० बजेदेखि सञ्चालन हुनेछ र केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुनेछ र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशित हुनेछ ।

नाम, थर आदि सच्याउने प्रक्रियाका लागि आवश्यक प्रमाण आफूलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बल्खुस्थित केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।

प्रमाणपत्र सङ्कलन गर्दा स्वयं वा इच्छाएको व्यक्ति मार्फत प्रमाणसहित आउनुपर्ने कार्यालयले जनाएको छ । यो प्रक्रियासँग सम्बन्धित केही समस्या भएमा ईमेल वा फोन नम्बर मार्फत सूचना आदान प्रदान गरिने भएकोले आफ्नो सम्पर्क नम्बर र ईमेल एड्रेस सोही अनुसार अपलोड गर्नुपर्नेछ ।

हामीले माथि उल्लेख गरिएको टिप्स सूचनाका आधारमा तयार पारेका छौं । आज ट्रान्सक्रिप्टका लागि लगइन पोर्टल बाहिरिएपछि हामी भिडिओ टिप्स समेत उपलब्ध गराउनेछौं ।

पछिल्लो अध्यावधिक: माघ १५, २०८० ९:४८