close

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाको आवेदन, कोको छन् प्रतिस्पर्धी ?

टेकपाना टेकपाना

माघ २१, २०८० १९:४

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाको आवेदन, कोको छन् प्रतिस्पर्धी ?

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १४ माघमा खुलाएको दरखास्त आह्वानको अन्तिम दिन आइतबारसम्म कूल २५ जनाले आवेदन दिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार अध्यक्षका लागि आवेदन दिनेमा मैनेजर प्रसाद साह कानु, रोहित रौनीयार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय लगायत छन् ।

त्यस्तै डोलेन्द्रप्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरिन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी र श्रीकृष्ण सुवेदीले पनि अध्यक्ष बन्न इच्छा जाहेर गरेका छन् ।

त्यस्तै आवेदन दिनेमा भुपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनालसमेत छन् ।

तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न २४ पुसमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले आवेदकले पेस गरेको व्यावसायिक कार्ययोजना, सोको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा नयाँ अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम​ मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ । सोही मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।

हाल प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी बोर्ड सदस्य नवराज अधिकारीलाई दिइएको छ ।

पछिल्लो अध्यावधिक: माघ २१, २०८० २१:५१