close

ओपनएआईले नाम परिवर्तन गरेर ‘क्लोज एआई’ राखे एलन मस्कले मुद्दा फिर्ता लिने

टेकपाना टेकपाना

फागुन २४, २०८० १५:४४

ओपनएआईले नाम परिवर्तन गरेर ‘क्लोज एआई’ राखे एलन मस्कले मुद्दा फिर्ता लिने

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले आफ्नो नाम परिवर्तन गरेर क्लोज एआई राखे मुद्दा फिर्ता लिने बताएका छन् । सामाजिक सञ्जाल एक्समा एक्समा ओपनएआईको पोस्टमा रिप्लाई गर्दै मस्कले यस्तो प्रस्ताव गरेका हुन् । 

ओपनएआईले बुधवार एक्समा पोस्ट राख्दै एलन मस्कका दाबी अस्वीकार गरेको थियो ।  “हामी ओपनएआईको मिसनमा समर्पित छौं र यसलाई प्रत्येक चरणमा पछ्याउँदैछौं,” ओपनएआईले पोस्टमा लेखेको छ, “हामी एलनसँगको हाम्रो सम्बन्धको बारेमा केही तथ्यहरू शेयर गर्दैछौं ।”

सो पोस्टमा रिप्लाई गर्दै मस्कले कम्पनीको नाम परिवर्तन गर्न अनुरोध गरेका थिए । उक्त वाक्यलाई पूर्णता दिंदै मस्कले लेखेका छन्, “नाम क्लोज्ड एआईमा परिवर्तन गर, अनि म मुद्दा फिर्ता लिन्छु ।”

मस्कले त्यस लगत्तै ओपनएआईका सीईओ साम अल्टम्यानको फोटो राख्दै ‘क्लिज्ड एआई’ लेखेको कार्ड बोकेर सेल्फी खिचेको फोटो ‘मिम’का रूपमा राखेका थिए । 

ओपनएआई जुन उद्देश्यले सन् २०१५ मा खोलिएको थियो अहिले त्यसविरुद्ध गइरहेको मस्कको आरोप थियो । कम्पनी मानवताको हितभन्दा पनि नाफामा केन्द्रित भएको मस्कको आरोप छ । आफूले जुन उद्देश्यका लागि कम्पनीलाई आर्थिक सहायता दिंदै कम्पनी त्यसको विपरीतमा गएको भन्दै मस्क ओपनएआईको आलोचना गर्दै आएका थिए । पछिल्लो समय कम्पनी नाफामा बढी केन्द्रित भएको, प्लेटफर्मलाई क्लोज्ड सोर्स बनाएर मस्कको कानुनी टिमको आरोप छ । 

मस्कले मुद्दा दायर गरेपछि ओपनएआईले हालै मस्कसँग भएको सम्झौताको व्यक्तिगत ईमेल सार्वजनिक गरेको थियो । त्यस्तै कम्पनीले मस्कले ओपनएआईलाई टेस्लामा गाभेर आफ्नो नियन्त्रणमा राख्न चाहेको समेत आरोप लगाएको छ । 

सम्बन्धित समाचार:

एलन मस्कले आफूलाई टेस्लामा गाभ्न खोजेको ओपनएआईको आरोप

नाफामुखी बनेको भन्दै च्याटजीपीटीको निर्माता ओपनएआई बिरुद्ध एलन मस्कले हाले मुद्दा

पछिल्लो अध्यावधिक: फागुन २४, २०८० १५:४४