close

गुगल डुडलमा यसरी हेर्नुहोस् आज लाग्ने सूर्यग्रहणको एनिमेसन

टेकपाना टेकपाना

चैत २६, २०८० १८:१७

गुगल डुडलमा यसरी हेर्नुहोस् आज लाग्ने सूर्यग्रहणको एनिमेसन

काठमाडौं । गुगलले पूर्ण सूर्यग्रहण कस्तो हुन्छ भन्ने देखाउन एनिमेसन सार्वजनिक गरेको छ । गुगलले शुक्रबार सार्वजनिक गरेको सूर्य-ग्रहणको एनिमेसनमा कसरी पूर्ण सूर्यग्रहण लाग्छ र ग्रहण लागेको ठाउँमा कत्तिको अन्धकार हुन्छ भन्ने एनिमेसनका रूपमा देखाएको छ । 

हुन त गुगल डुडलका रूपमा विभिन्न चाडपर्व र दिवसहरू देखाइरहेको हुन्छ । यसपटक भने गुगल प्रयोगकर्ताले चन्द्रमा सूर्य र पृथ्वीको बीच भएर जाँदा देखिने दृश्य एनिमेसनबाटै बुझ्न सक्छन् । 

गुगलका डुडल टिम लिडर जेसिका यूले ग्रहण सर्च गर्ने प्रयोगकर्तालाई विशेष अनुभव दिन यस्तो एनिमेसन ल्याएको बताएकी छिन् । 

यदि तपाईं पनि स्क्रिनमा पूर्ण सूर्य ग्रहणको एनिमेसन हेर्न चाहनु‍ हुन्छ भने गुगल सर्च बारमा ‘solar eclipse’ वा ‘सूर्यग्रहण’ टाइप गरेर सर्च गर्न सक्नुहुन्छ । 

यसरी सर्च गरिसकेपछि स्क्रिनमा पूर्ण सूर्यग्रहणको एनिमेसन देख्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८० १८:१८