close

इन्स्टाग्रामसँग  प्रतिस्पर्धा गर्न टिकटकको फोटो सेयरिङ एप 'टिकटक नोट्स' आउँदै

टेकपाना टेकपाना

चैत २७, २०८० १९:५७

इन्स्टाग्रामसँग  प्रतिस्पर्धा गर्न टिकटकको फोटो सेयरिङ एप 'टिकटक नोट्स' आउँदै

काठमाडौं । टिकटकले आफ्नो प्रतिद्वन्द्वी इन्स्टाग्राम एप जस्तै फोटो शेयर गर्न मिल्ने 'टिकटक नोट्स' एप ल्याउने भएको छ । टिकटकले 'टिकटक नोट्स' एप निर्माणको क्रममा रहेको जानकारी दिएको हो ।

पछिल्ला केही दिनहरूमा टिकटकले आफ्ना प्रयोगकर्ताहरूलाई फोटोहरू शेयर गर्न नयाँ 'टिकटक नोट्स' एपको बारेमा पप-अप सूचनाहरू पठाइरहेको छ । सूचनामा भनिएको छ, "कम्पनीले चाँडै नै 'टिकटक नोट्स' नामक 'फोटो पोस्ट गर्न मिल्ने नयाँ एप' सार्वजनिक गर्दैछ ।" प्रयोगकर्ताहरूले यो एपमा फोटोहरू शेयर गर्न सक्नेछन् । 

टिकटकले 'टिकटक नोट्स' एपमा काम गरिरहेको पुष्टि गरेपनि यस एपलाई अझै सार्वजनिक रूपमा उपलब्ध भने गराएको छैन । टिकटकका प्रवक्ताले टिकटकलाई परिष्कृत गर्दै लाने क्रममा आफूहरू प्रयोगकर्ताहरूलाई थप सिर्जनात्मक बनाउन तस्विर र लिखित सामग्री प्रयोग गर्न मिल्ने एप ल्याउने तयारीमा रहेको जानकारी दिएको टेकक्रञ्चले उल्लेख गरेको छ ।

टिकटकको स्वामित्वमा रहेको फोटो डट टिकटक डटकमले पनि टिकटक नोट्समार्फत् आउन लागेको जानकारी दिएको छ । गत महिना टिकटकले एन्ड्रोइडका लागि फोटो र लिखित सामग्री शेयर गर्न मिल्ने 'टिकटक फोटोज' नामक एपमा काम सुरु भएको जानकारी दिएको थियो । यद्यपि, टिकटकले एपको लागि अर्को नाम पनि राख्न सक्ने जनाएको थियो ।

अहिले टिकटक र मेटा दुवै सामाजिक सञ्जाल कम्पनीबिच कडा प्रतिस्पर्धा चलिरहेको छ । बाइटडान्सको स्वामित्वमा रहेको उक्त एपले फोटो शेयर गर्न मिल्ने एप ल्याउन थालेसँगै मेटाले फेसबुकमा ठाडो रूपमा भिडियो प्ले हुने बनाएको छ ।

टिकटकले ३० मिनेटको भिडिओ शेयर गर्न मिल्ने र 'एक्स' एपमा जस्तै थ्रेड सेयर गर्न मिल्ने लगायतका फिचर ल्याउने तयारी समेत गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८० १९:५७