close

आईओएस प्रयोगकर्ताका लागि एक्समा पासकी उपलब्ध, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

चैत २८, २०८० १०:४८

आईओएस प्रयोगकर्ताका लागि एक्समा पासकी उपलब्ध, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । सामाजिक सञ्जाल एक्सले आईओएस प्रयोगकर्ताका लागि नयाँ सुरक्षा अपडेट ल्याएको छ । लगइनको विकल्प स्वरुप एक्सले ओईओएस प्रयोगकर्ताबीच विश्वभर पासकी उपलब्ध गराएको हो । 

गत जनवरीमा एक्सले पहिलो पटक पासकी सपोर्टको विकल्प ल्याएको हो । यस फिचरमा एप्पल, गुगल र माइक्रोसफ्टसँगको सहकार्यमा फिडो (FIDO) अलायन्सले विकास गरेको प्रविधि प्रयोग गरिएको छ । यसका लागि तपाईंसँग आईओएस १५ भन्दा माथिका डिभाइस हुन आवश्यक छ । 

सुरक्षाका मामिलामा पासकीलाई पासवर्डभन्दा बलियो मानिन्छ । किनकी यसले अक्षर/अङ्क वा सङ्केतको साटो तपाईंको बायोमेट्रिक डेटाका प्रयोग गर्न गर्छ । एक्समा आईओएस इनेबल गर्न तलको तरिका अपनाउनुहोस्:

-आईओएस डिभाइसमा एक्स खोल्नुहोस ।

-माथिल्लो बायाँ भागमा भएको प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि 'सेटिङ्स एन्ड सपोर्ट' हुँदै 'सेटिङ्स  एन्ड प्राइभेसी' मा जानुहोस् ।

-अब 'सेक्युरिटी एन्ड अकाउन्ट एक्सेस' मा क्लिक गर्नुहोस् । 

-त्यहाँ भएका विभिन्न विकल्पमध्ये 'सेक्युरिटी' छान्नुहोस् ।

-अब पासकी अन गरेर आफ्नो हालको पासवर्ड राखेर भेरिफाई गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: चैत २८, २०८० १०:४८