close

मोबाइलमा एड ब्लकर राखे अब युट्युब भिडिओ नै हेर्न नमिल्ने

टेकपाना टेकपाना

बैशाख ४, २०८१ १५:३५

मोबाइलमा एड ब्लकर राखे अब युट्युब भिडिओ नै हेर्न नमिल्ने

काठमाडौं । अब मोबाइलमा एड ब्लकर प्रयोग गरी युट्युब भिडिओ हेर्न नपाइने भएको छ । भिडिओ हेर्न एड ब्लकिङ एप प्रयोग गर्नु आफ्नो सेवा सर्त विपरीत हुने भन्दै युट्युबले यस्तो नीति ल्याएको हो ।

सोमबार एक ब्लग पोस्ट लेख्दै युट्युबले ​एड ब्लकर प्रयोग गरे युट्युब भिडिओ नै नचल्ने जानकारी दिएको हो । यस अनुसार यदि कसैले ‘एड गार्ड’ जस्ता मोबाइल एड ब्लकर प्रयोग गरिरहेका छन् भने अब उनीहरूकोमा युट्युब भिडिओ चल्ने छैन । साथै त्यस्ता एप डिसेबल गर्न अथवा युट्युब प्रिमियम चलाउन भन्दै नोटिफिकेसन देखिनेछ ।

यसअघि कम्पनीले विश्वभर डेस्कटप ब्राउजरमा एड ब्लकर बन्द गर्न कदम चालेको थियो । त्यससँगै अब गुगलले थर्ड पार्टी एपलाई समेत युट्युब मोबाइल एपमा विज्ञापन बन्द गर्न नदिने भएको हो । ​गुगलका अनुसार त्यसो गर्दा क्रियटरले भ्युजबाट पाउने आम्दानी गुमाउने छैनन् । किनकी विज्ञापनबाट आउने पैसा युट्युबले क्रियटरलाई वितरण गर्दै आएको छ ।

बरु यदि विज्ञापन हेर्न मन नलागे युट्युब प्रिमियम चलाउन सकिने विकल्प दिइएको छ । त्यस्तै थर्ड पार्टी एपलाई युट्युबको एपीआई प्रयोग गर्न मात्र दिइरहेको गुगलले जनाएको छ । त्यसो गर्दा युट्युबको सेवा सर्त पालना गरेको हुनुपर्ने गुगलको भनाइ छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८१ १२:३९