close

विकल पौडेलसहित चार जना भ्रष्टाचारी ठहर, पाँच जनाले पाए सफाइ

टेकपाना टेकपाना

जेठ ९, २०८१ ९:२७

विकल पौडेलसहित चार जना भ्रष्टाचारी ठहर, पाँच जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचार ठहर गरेको छ । टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलवार उनी सहित चार जनालाई दोषी ठहर गरेको हो । 

सुरक्षण मुद्रण केन्द्र स्थापनामा ४० कराेड अनियमितता गरेको भन्दै उक्त उक्त इजलासले विकल पौडेललाई दुई वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो । उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि भएको छ । 

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मेकानिकल सीडीई नवीनकुमार पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ्स सर्भिसेज प्रालिका निर्देशक भुवन महर्जन पनि दोषी ठहर भएका छन् ।

यसअन्तर्गत नवीनकुमार पौखरेलमाथि ६ महिना कैद र ५ करोड ८४ लाख बिगो अनि त्यति नै रकम जरिवानाको फैसला भएको छ । त्यस्तै रोहितमान प्रधानलाई पाँच करोड ८४ लाख जरिवाना र भुवन महर्जनलाई पाँच करोड ७९ लाख रुपैयाँ बिगो र त्यति नै रकम जरिवाना तिर्न फैसला गरेको छ ।

आरोपमा मुछिएका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय र मित्रलाल पुरीलाई भने अदालतले सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गत वर्ष वैशाखमा विकल पौडेलसहित नाै जना विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो । 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८१ ९:४०