close

मोबाइलमा अरूलाई फोन नम्बर पठाउने सजिलो र स्मार्ट तरिका

टेकपाना टेकपाना

साउन १३, २०८१ १२:५१

मोबाइलमा अरूलाई फोन नम्बर पठाउने सजिलो र स्मार्ट तरिका

 

काठमाडौं । कतिपय अवस्थामा हामीसँग भएको मोबाइल नम्बर अन्य व्यक्तिलाई पठाउनु पर्ने हुन्छ । त्यस्तोमा कि त हामी कलमा नै उक्त व्यक्तिलाई टिपाउँछौ, अथवा नम्बर टाइप (कपी) गरेर पठाउँछौं । तर, एन्ड्रोइड फोनमा त्यस्तो फिचर छ, जसलाई प्रयोग गर्दा नम्बर पाउने व्यक्तिले पुन: टाइप गरिरहनु पर्दैन । आज हामी सोही तरिकाबारे चर्चा गर्ने छौं:

-कन्ट्याक्ट एप खोल्नुहोस् 

सिधै कन्ट्याक्ट एप खोल्नुहोस् । फोन एपबाट पनि कन्ट्याक्टमा जान सक्नुहुन्छ । 

-नम्बरमा ट्याप गर्नुहोस्

अरु व्यक्तिलाई पठाउनु पर्ने नम्बरमा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले ‘शेयर’ नामक विकल्प खोल्नु पर्ने हुन्छ । कतिपय एन्ड्रोइड फोनमा नम्बरमा क्लिक गर्नासाथ शेयरको विकल्प देखिन्छ । तर केहीमा भने तीन ओटा डट भएको मेनुमा क्लिक गरेर शेयरको विकल्प भेट्टाउन सकिन्छ । 

-तरिका छान्नु 

शेयरमा ट्याप गरेपछि तपाईंले त्यहाँ केही विकल्पहरू फेला पार्नुहुन्छ । त्यसमा मुख्यत:  भर्चुअल कन्ट्याक्ट फाइल (भीकार्ड अथवा भीसीएफ), टेक्स्ट अथवा क्यूआरको विकल्प देखिन्छ ।

ती मध्ये भीकार्ड कन्ट्याक्ट नम्बर पठाउने एउटा स्ट्यान्डर्ड फाइल फर्म्याट हो । यसमा नाम, फोन नम्बर, ईमेल एड्रेस, वेबसाइट लगायतका विवरण हुन्छन् । तर, ती सबै एकै ठाउँमा हुन्छन् । उसैगरी टेक्स्ट छाने ती विवरण टेक्स्टमा आउँछन् । र, क्यूआर छान्नु भयो भने कन्ट्याक्टको विवरण क्यूआर कोडमा आउँछ ।

-विभिन्न माध्यमबाट पठाउनु

यसपछि तपाईंले ह्वाट्सएप, मेसेन्जर, एसएमएस लगायतका प्लेटफर्ममार्फत उक्त कन्ट्याक्ट नम्बर पठाउन सक्नुहुन्छ । उदाहरणका लागि, भीकार्ड छान्नु भयो भने प्रापकले त्यसमा एक क्लिक गर्ना साथ उक्त व्यक्तिलाई कल अथवा आफ्नो डिभाइसमा सेभ गर्न सक्छन् । टेक्स्ट छान्दा नम्बर कपि गर्नुपर्ने हुन्छ भने क्यूआर कोड पठाउँदा स्क्यान गर्नु पर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: साउन १३, २०८१ १२:५१