काठमाडाैं । अहिले विश्वभर साइबर सुरक्षाको चर्चा भइरहेको छ । किनकि हामीले अनलाइनमा समय बिताइरहँदा त्यहाँ अनेकन् पदचाप छाडिरहेका हुन्छौं । जुन निरन्तर बढ्दो क्रममा पनि छ । तर, ठीक अर्को पाटोमा व्यक्ति तथा समूहले आक्रमण पनि गरिरहेका हुन्छन् । जसलाई हामी साइबर आक्रमण भनेर बुझ्छौँ । यस कुराबाट बचाउन साइबर सुरक्षा सम्बन्धी जानकारी भएका जनशक्तिको माग बढ्दो छ ।
त्यस्ता जनशक्ति उत्पादन गर्न विभिन्न शैक्षिक कार्यक्रमहरू पनि सञ्चालनमा छन् । यसले गर्दा स्नातक तहमा आईटी विषय अध्ययन गर्न खोजिरहेका विद्यार्थीका लागि यस्ता कार्यक्रम राम्रो विकल्प हुन सक्छन् ।
नेपालका स्थानीय विश्वविद्यालयले साइबर सुरक्षाको कुनै पनि विशिष्टिकृत (स्पेसलाइज्ड) कार्यक्रम सञ्चालन गरेका छैनन् । विदेशी विश्वविद्यालयहरूबाट सम्बन्धन लिएर निजी कलेजले साइबर सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
आज साइबर सुरक्षा पढाउने तिनै कलेज र पाठ्यक्रमबारे जानकारी दिदैछाैँ:
१. द ब्रिटिश कलेज
युनिभर्सिटी अफ द वेस्ट इङ्ल्याण्डबाट सम्बन्धन लिएर द ब्रिटिश कलेजले चार वर्षे (८ सेमेस्टर) ‘बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ कोर्स सञ्चालन गरिरहेकाे छ ।
४८० क्रेडिट आवरकाे याे काेर्समा डिजिटल फरेन्सिक, इथिकल ह्याकिङ, साइबर अपराधीलाई कानूनी सजाय जस्ता विषयमा विद्यार्थीले ज्ञान पाउँछन् ।
यसमा भर्ना हुन कक्षा १२ मा न्यूनतम ६० प्रतिशत वा २.४ जीपीए ल्याउनु पर्छ । ए लेभलका विद्यार्थीले भने न्यूनतम ३.५ क्रेडिटका साथ तीन ओटा पूर्ण क्रेडिट ल्याउनु पर्छ
कलेजले यो कोर्सको शुल्क १९ लाख रुपैयाँ राखेको छ ।
कलेजमा पढाइ हुने पाठ्यक्रम यस प्रकार छ:
1st Semester
- Academic English and Effective Communication
- Introduction to Programming
- Mathematics to Programming
- Computer Fundamental and Network
2nd Semester
- Academic English and Effective Communication
- Internet Technologies
- Fundamentals of Multimedia
- Fundamentals of Data Science
3rd Semester
- Computer and Network Systems
- Computer Crime and Digital Evidence
4th Semester
- Introduction to Database
- Programming in C++
5th Semester
- Law, Experts, and Justice
- Operating systems
- Internet of Things (optional)
- Secure Embedded Systems (optional)
6th Semester
- Secure Computer Networks
- Security and Forensic Tools
7th Semester
- Forensic Computing Practice
- Security Management in Practice
- Security Data Analytics and Visualisations
- Professional Development
8th Semester
- Cryptography
- Entrepreneurial Skills
- Digital System Project (optional)
- Information System Dissertation (optional)
२. इस्लिङटन कलेज
लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेजले ‘बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी’ कार्यक्रम सञ्चालन गरिरहेकाे छ । याे ३६० क्रेडिट आवरकाे तीन वर्षे कोर्स हाे ।
यसमा भर्ना हुन कक्षा १२ मा न्यूनतम २.२ सीजीपीए वा ५५ प्रतिशत प्राप्ताङ्क ल्याउनु पर्छ । त्यस्तै अङ्ग्रेजी विषयमा न्यूनतम ६० प्रतिशत वा २.४ जीपीए ल्याउनु पर्छ । शुल्क भने १३ लाख ३८ हजार रुपैयाँ ताेकिएको छ ।
कलेजले पढाउने पाठ्यक्रम यस्तो छ:
1st Year
- Programming
- Introduction to Information Systems
- Introduction to Networks
- Fundamentals of Computing
- Cyber Security Fundamentals
2nd Year
- Switching Routing and Wireless Essentials
- Security in Computing
- Operating Systems
- Cloud Computing and Internet of Things
- Risk, Crisis, and Security Management
- Professional Issues, Ethics, and Computer Law
3rd Year
- Enterprise Networking Security and Automation
- Work-related Learning II
- Digital Investigation and e-Discovery
- Ethical Hacking
३.सफ्टवेरिका कलेज
बेलायतकाे काेभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सफ्टवेरिका कलेज आईटी एन्ड ईकमर्सले ‘बीएससी (अनर्स) इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी’ कार्यक्रम चलाइरहेको छ । याे तीन वर्षे (६ सेमेस्टर) ३६० क्रेडिट आवरकाे कोर्स हाे ।
यस कार्यक्रममा भर्ना हुन कक्षा १२ मा न्यूनतम २ जीपीए वा 'ए' लेभलमा न्यूनतम ३.५ क्रेडिट ल्याउनु पर्छ । त्यस्तै शुल्क ११ लाख ९५ हजार रुपैयाँ ताेकिएकाे छ ।
कलेजले पढाउने पाठ्यक्रम यस प्रकार छ:
1st Semester
- Programming and Algorithms 1
- Legal and Ethical Foundations in Cybersecurity
- Foundations of Cybersecurity
- Skills Development 1
2nd Semester
- Digital and Forensics Fundamentals
- Introduction to Web Development and Database Systems
- Computer Systems and networks
- The Security Professional
- Creative Thinking Business
3rd Semester
- Platforms and Operating Systems
- Skills Development 2
- Practical Pen-Testing
- Programming and Algorithms 2
4th Semester
- Cybersecurity Careers
- Applied Forensics
- Web Security
- Networking
- Be your Own Boss
5th Semester
- Exploit Development
- Security Audit and monitoring
- Security Management
- Skills Development 3
- Practical Cryptography
6th Semester
- Cybersecurity Project
- Reverse Engineering
- Design Thinking and Innovation
४. किङ्स कलेज
अमेरिकाकाे वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेजले ‘बीएस आईटी नेटवर्क, साइबर सेक्युरिटी एण्ड इथिकल ह्याकिङ्ग’ कोर्स सञ्चालन गरिरहेको छ । यो तीन वर्षे (६ सेमेस्ट) १२० क्रेडिट आवरको कोर्स हो ।
कोर्समा भर्ना हुन कक्षा १२ मा न्यूनतम ५० प्रतिशत ल्याउनु पर्छ । कलेजले कोर्सको शुल्क १४ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।
पाठ्यक्रम यस्तो छ:
1st Semester
- Business English
- Computer Network
- Web Designing
- Discrete Math
- Security Computing
- Basic Computer Architecture
2nd Semester
- Advance Computer Architecture
- Advance Computer Network
- System Analysis & Design
- Digital Logic
- Windows Server 2016
- Cybersecurity Law and Policy
3rd Semester
- Operating System
- E-commerce
- Data Structure & Algorithms
- Ethical hacking
- Database Management System
4th Semester
- Advanced Data Management System
- Data Communication & Networking
- Linux Administration (WAN & MAN)
- Leadership & Human Relations
- Embedded System
- Software Project Management
5th Semester
- Cryptography
- Information Security Management System
- Artificial Inteligence
- Advanced Routing Technology (WAN)
- Project Work
- System Software & Administration
6th Semester
- Digital Crime Investigation
- Industrial management
- Cloud computing
- Industrial training
५. आईएसएमटी
काठमाडौंस्थित इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी)ले बेलायतकाे सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ‘बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ कोर्स चलाइरहेको छ ।
यो तीन वर्षे (छ सेमेस्टर) ३६० क्रेडिट आवरको कोर्स हो । कलेजले गत शैक्षिक सत्रदेखि यो कोर्स चलाउन थालेको थियो । यो कोर्समा ११/१२ मा जुनै विषय पढे पनि विद्यार्थी भर्ना हुन सक्छ्न् । कोर्स पढ्न भने १० लाख ९८ हजार रूपैयाँ शुल्क लाग्छ ।
कलेजको पाठ्यक्रम अनुसार छ:
1st Semester
- Software Engineering
- Computer Systems, Architectures and Networks
- Introduction of Programming
2nd Semester
- Full Stack Development
- Emerging Technologies
- Specialist Project
3rd Semester
- Secure Networks
- Digital Forensics Computing Practice
- Virtualization and Cloud Infrastructures
4th Semester
- Advanced Programming
- Cyber Security
- Enterprise Project
5th Semester
- Project: Cybersecurity and Digital Forensics
- Cyber Threat Landscape
- Web Application Security
6th Semester
- Project: Cybersecurity and Digital Forensics
- Digital Forensics Investigation
- Penetration Testing and Ethical Hacking
६. टेक्सास कलेज
मलेसियाकाे लिङ्कन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीले ‘नेटवर्क टेक्नाेलाेजी एण्ड साइबर सेक्युरिटी (बीसीए)’ कार्यक्रम सञ्चालन गरिरहेकाे छ । या
१३० क्रेडिट आवरकाे चार वर्षे कोर्स हाे, जसमा भर्ना हुन कक्षा १२ मा न्यूनतम ५० प्रतिशत प्राप्ताङ्क ल्याउनु पर्छ । शुल्क नाै लाख १९ हजार रुपैयाँ लाग्छ ।
यसले पढाउने पाठ्यक्रम यस्तो छ:
1st Semester
- Computer Network
- C Programming
- Discrete Math
- Basic Computer Architecture
2nd Semester
- Security in Computing
- Advanced Computer Network
- Python
- Operating System
- Advanced Computer Architecture
3rd Semester
- Software Engineering (including SAD portion)
- Digital logic
- E-Commerce
- Windows Server 2016
- Cybersecurity Law and Policy
4th Semester
- Technopreneurship
- Web Designing
- Wireless Communication
- Ethical Hacking
- Database Management System
5th Semester
- Linux Administration
- Leadership and human relations
- Artificial Intelligence
- Digital Forensics
- Cryptography
6th Semester
- Industrial Management
- Software Project Management
- Data Structure & Algorithm
- Information Security Management System
- Advanced Routing Technology
7th Semester
- Advanced switching technology
- System software & Administration
- Final Year Project
- Cloud Computing
8th Semester
- Industrial Training
७. केएफए बिजनेस स्कुल
काठमाडाैं मध्यबानेश्वरमा रहेकाे यस कलेजले मलेसियास्थित लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन लिएर ‘बीसीएस (अनर्स) नेटवर्क टेक्नाेलाेजी एण्ड साइबर सेक्युरिटी’ सञ्चालन गरिरहेकाे छ ।
याे १३० क्रेडिट आवरकाे तीन वर्षे कोर्स हाे । यसमा भर्ना हुन कक्षा १२ मा न्यूनतम २.० सीजीपीए वा ५० प्रतिशत प्राप्ताङ्क ल्याउनु पर्छ ।
यस कलेजमा निम्न पाठ्यक्रमको अध्यापन हुन्छ ।
1st Semester
- Programming and Algorithms 1
- Legal and Ethical Foundations in Cybersecurity
- Foundations of cybersecurity
- Skills Development 1
2nd Semester
- Digital and Forensics Fundamentals
- Introduction to Web Development and Database Systems
- Computer Systems and networks
- The Security Professional
- Creative Thinking Business
3rd Semester
- Platforms and Operating Systems
- Skills Development 2
- Practical Pen-Testing
- Programming and Algorithms 2
4th Semester
- Cybersecurity Careers
- Applied Forensics
- Web Security
- Networking
- Be your Own Boss
5th Semester
- Exploit Development
- Security Audit and monitoring
- Security Management
- Skills Development 3
- Practical Cryptography
6th Semester
- Cybersecurity Project
- Reverse Engineering
- Design Thinking and Innovation
८. वेस्टमिन्स्टर कलेज
बेलायतको युनिभर्सिटी अफ वेस्टमिन्स्टरबाट सम्बन्धनप्राप्त यस कलेजले ‘बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड फरेन्सिक’ पढाउने गरेको छ ।
यो चार वर्षे कोर्स पढ्न भने कक्षा १२ को अन्तिम परीक्षामा ५५ प्रतिशत वा २.४ जीपीए ल्याउनुपर्छ । ‘ए’ लेभलका विद्यार्थीहरूले भने ३.५ क्रेडिट ल्याउनु पर्छ ।
यहाँ पढाइ हुने पाठ्यक्रम यस प्रकार छ:
1st Semester
- Computer Systems and Networks
- Introduction to Academic Practice
- Foundation Mathematics
2nd Semester
- Information Systems and Data Representation
- Critical Thinking for Academic and Professional
- Programming
3rd Semester
- Applied Mathematics
- Introduction to Cyber Security
- Introduction to Networks
4th Semester
- Programming Methodology I
- Programming Methodology II
- Trends in Computer Science
5th Semester
- Applied Cryptography
- Digital Forensics
- Network Security
6th Semester
- Risk Management & IT Governances
- Web Applications Security
- Agile Project Management and Professional Experience
- Machine Learning and data mining
- Operating Systems
7th Semester
- Incident response & malware analysis
- Final Year Project CS
8th Semester
- Wireless Networks Security
- Cyber Security Threats & Counter Measures
- Applied Artificial Intelligence
- Defensive Programming techniques
८. फोर्ब्स कलेज
नेपालमा काठमाडौं उपत्यका बाहिर कमै मात्रामा विदेशी काेर्स सञ्चालनमा छन् । चितवनको भरतपुरमा अवस्थित यस कलेजले भने युनिभर्सिटी अफ कम्प्युटर साइन्स एन्ड स्किल्स लोद्ज, पोल्याण्डबाट सम्बन्धन लिएर ‘बीसीएस (आईटी) इन साइबर सेक्युरिटी एन्ड नेटवर्किङ’ कार्यक्रम चलाइरहेको छ ।
याे चार वर्षे २४० क्रेडिट आवरकाे काेर्स हाे । यसमा भर्ना हुन कक्षा १२ को प्रत्येक विषयमा न्यूनतम ‘डी’ ग्रेड ल्याउनु पर्छ । कलेजले यो काेर्सकाे शुल्क ६ लाख ९५ हजार रुपैयाँ ताेकेको छ ।
यहाँको पाठ्यक्रम यस प्रकार छ:
1st Semester
- Introduction to IT
- Programming fundamentals using C
- Data Communication & Networking
- Computational Mathematics I
- Communication English
2nd Semester
- Computational Mathematics II
- Technical & Professional Communication
- Object Oriented Programming
- Database Management System
- Digital Electronics & Logic Design
3rd Semester
- Numerical Method
- Data Structure & Algorithm
- Network Analysis & Design
- Routing and Switching Essentials
- Organization & Management
4th Semester
- Probalility & Statistics
- Network Operating System
- Network & System Administration
- Client Server Computing
- Wireless and Mobile Communication
5th Semester
- Network Security
- Network Programming
- Research Methodology
- Fundamentals of Project Management
- Network Management
6th Semester
- Server Administration
- Broadband Network
- Ethical Hacking
- Project 1
- Elective 1
7th Semester
- Cyber Security & IoT
- Artificial Intelligence
- IT Acts and Cyber Law
- Project Dissertation II
- Elective II
8th Semester
- Organizational Behavior and HRM
- Industrial Training
- Elective III
- Elective IV
९. एनसीएमटी कलेज
मलेसियाको लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन लिएर नेस्नल कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्निकल साइन्स (एनसीएमटी) ले पनि ब्याचलर अफ कम्प्युटर साइन्स (अन्स) मा नेटवर्क टेक्नोलोजी एन्ड साइबरसेक्युरी पढाइ रहेको छ । यो चार वर्षे (आठ सेमेस्टर) १३० क्रेडिट आवरको कोर्स हो ।
यसले विद्यार्थीहरूलाई पछिल्लो समयमा बढ्दो प्राविधिक चुनौतीबारे सामना गर्न, जोखिमहरू न्यूनिकरण गर्न, डिजिटल सम्पत्तिहरूको सुरक्षा गर्न र साइबर आक्रमणहरूबाट बचाउन तयार पार्ने बताइएको छ ।
कलेजमा यो कोर्स जुनसुकै विषय लिएर पनि पढ्न सकिन्छ । तर, प्लस टूमा भने २.० अथवा ४५ प्रतिशत अङ्क ल्याएको हुनु पर्छ । यसका साथै कलेजमा यस कोर्सको शुल्क करिब सात लाख रुपैयाँ रहेको छ ।
कलेजको पाठ्यक्रम यस प्रकार छ:
First Semester
- Business Englan
- Computer Network
- C Programming
- Discrete Mathematics
- Basic Computer Architecture
Second Semester
- Security in Advanced Computing
- Computer Network
- Python
- Operating System
- Advanced Computer Architecture
Third Semester
- Software Engineering Incing SAD Portion
- Digital Logic
- E-Commerce
- Windows Server 2016
- Cyber Sedanty Law & Policy
Fourth Semester
- Tachnopreneurship
- Wireless Communication
- Ethical Hacking
- Database Management System
Fifth Semester
- Linux Administration
- Leadership & Human Relations
- Artificial Intelligence
- Digital Forensics
- Cryptography
Sixth Semester
- Industrial Management
- Software Project Managers
- Data Structure & Nigonm
- Information Security Systems
- Advanced Routing Technology
Seventh Semester
- Advanced Bertoting Technology
- Bystem Bokware & Admnization
- Final Year Project
- Cloud Computer
Eighth Semester
- Industrial training
१०. प्रेसिडेन्सियल कलेज
अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रेसिडेन्सियल ग्राजुएट कलेज, काठमाडौंले आफ्नो कोर्स बीएससी आईटी अन्तर्गत साइबर सेक्युरिटीको विशिष्टकृत पाठ्यक्रम राखेको छ ।
यो चार वर्षे १२० क्रेडिट आवरको कोर्स हो । यो विषय अध्ययन गर्न विद्यार्थीले १२ कक्षा वा सो सरहको तहमा २ जीपीए अथवा ४५ प्रतिशत अङ्क ल्याएको हुनु पर्छ । त्यही कोर्समा तीन वर्षको अध्ययनपछि विद्यार्थी विशेष कक्षाका रूपमा साइबर सेक्युरिटी छान्न पाउने भएका हुन् । साइबर दुनियाँको क्षेत्रमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिन यो कोर्स चलाइरहेको कलेजको भनाइ छ ।
यस साइबर सुरक्षाको विशेष कोर्समा पाँच मोड्युल रहेका छन् भने ती कुल १५ क्रेडिट आवरको छन् । जुन निम्न रहेको छ:
- Threat and Vulnerability Management
- Software and Systems Security
- Cyber Operations and Monitoring
- Digital Forensics and Incident response
- Compliance and Assessment
यी माथिका बाहेक अन्य कतिपय कलेजहरूमा इलेक्टिभ विषयका रूपमा साइबर सुरक्षा पढाइ हुन्छ । यसैगरी विभिन्न तालिम प्रदायक संस्थाहरूले साइबर सुरक्षासम्बन्धी अनौपचारिक शिक्षा सञ्चालन गरिरहेका छन् ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १५:३३
