close

नेटा एक्सको मूल्य ५३ लाख ९९ हजार माथि

टेकपाना टेकपाना

भदौ ११, २०८१ १२:४३

नेटा एक्सको मूल्य ५३ लाख ९९ हजार माथि

काठमाडौं । नेटाको अर्को विद्युतीय गाडी नेटा एक्सको मूल्य सार्वजनिक भएको छ । मङ्गलबार राजधानीमा सुरु भएको नाडा अटो शोका क्रममा नेपालका लागि कम्पनीको आधिकारिक वितरक सीजी मोटर्सले नेटा एक्सको आधिकारिक मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ४०० कम्फर्ट भेरियन्टको नेटा एक्सका लागि ५३ लाख ९९ हजार, ५०० कम्फर्टका लागि ५७ लाख ९९ हजार र ५०० लक्जरीका लागि ६२ लाख ९९ हजार मूल्य तोकिएको छ ।

नेटा एक्सको लम्बाइ ४६१९ एमएम, चौडाइ १८६० एमएम, उचाइ १६२८ एमएम र ह्विलबेस २७७० एमएम रहेको छ । 

१६३ एचपी अधिकतम पावर रहेको यो गाडीको अधिकतम टर्क २१० एनएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको बताइएको छ । अटोमेटिक ट्रान्समिसन सिस्टम रहेको नेटा एक्समा ७२.५७ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ ।

सात किलो वाटको एसी चार्जरबाट याे ब्याट्री फुल चार्ज हुन सात घण्टाको समय लाग्ने बताइएको छ । सय किलाेवाट क्षमताको मोटर रहेको नेटा एक्सको अधिकतम गति प्रतिघण्टा १५० किलोमिटरसम्म रहेको छ । 

गाडीमा सुरक्षाका लागि छ ओटा एयर ब्याग रहेको गाडीमा अटाेमेटिक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रिक ब्रेक प्रेसर डिस्टिब्युसन (ईबीडी), कर्नर स्टेबिलिटी कन्ट्राेल (सीएससी), हिल स्टाट असिस्ट (एचए) जस्ता फिचर पाउन सकिन्छ ।

चीनको होजोन अटोको नेटा भी बिक्री गर्दै आइरहेको सीजी माेटर्सले नेटाको दोस्रो मोडेलको रूपमा एक्स भित्र्याएको हो । यसको अग्रिम बुकिङ लिइरहेको कम्पनीले डेलिभरी समेत दिन सुरु गरेको छ ।

पछिल्लो अध्यावधिक: भदौ ११, २०८१ १२:४३