काठमाडौं । चिनियाँ विद्युतीय कार निर्माता कम्पनी स्काईवेलले नाडा अटो शोलाई लक्षित गर्दै विशेष छुट सहितको मूल्य सूची सार्वजनिक गरेको छ ।
कम्पनीले मङ्गलबारदेखि भृकुटीमण्डप सुरु भएको नाडा अटो शो अवधिभरका लागि भन्दै आफ्ना तीन ओटा मोडेलका ईभीको मूल्य सार्वजनिक गरेको हो ।
कम्पनीका तीनै मोडेलका ईभीमा समान १५० किलोवाट क्षमताको मोटर छ । जसमध्ये स्काईवेल बीई ११ मोडेलको ईभीका लागि ७५ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको छ । ४१० किमि रेन्ज भएको यो गाडीमा ५१ किलोवाट क्षमताको ब्याट्री राखिएको छ ।
त्यस्तै ७१ किलोवाट क्षमताको ब्याट्री भएको कम्पनीको अर्को मोडेल स्काईवेल बीई ११ को मूल्य ८५ लाख ९० हजार राखिएको छ । जसको रेन्ज ५२० किलोमिटर रहेको छ ।
यसैगरी सबैभन्दा लामो रेन्ज ६२० किमि रहेको स्काईवेलको मूल्य भने एक करोड १० लाख रुपैयाँ छ । ईटी५ मोडेलको यो गाडीमा ८६ किलोवाट क्षमताको ब्याट्री छ ।