close

एप्पललाई ट्रोल गर्न खोज्दा सामसङ आफैं लज्जित

टेकपाना टेकपाना

भदौ २५, २०८१ १७:२१

एप्पललाई ट्रोल गर्न खोज्दा सामसङ आफैं लज्जित

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङ र एप्पल दुवै आफ्ना उत्पादनका कारण विश्वभर चर्चित छन् । कहिलेकाहीँ यी ब्रान्डले एकअर्कालाई ट्रोल गर्दा पनि चर्चा चल्ने गर्छ । आफ्नो उत्पादनलाई अर्काको भन्दा राम्रो देखाउन कम्पनीहरू यस्तो ट्रोल गर्छन् ।

हिजो एप्पलले आईफोन १६ सिरिज, नयाँ एयरपड्स र एप्पल वाच सार्वजनिक गरेपछि सामसङले केही ट्रोल गरेको छ । तीमध्ये एउटा ट्रोलले सामसङ उल्टै लज्जित हुनु परेको छ ।

एप्पल वाच सिरिज १० मा धेरै सुधारिएका फिचर छन् । ठूलो स्क्रिन, पातलो बडी र टाइटानियम फ्रेम यसका विशेषता हो । यद्यपि डिजाइन पुरानै भएकाले युट्युबर क्विन नेल्सनले सामाजिक सञ्जाल एक्समा टिप्पणी गरेका थिए ।

उनले ‘सुन्दर नयाँ डिजाइन, तर यो त उही हो !’ भनेर मजाक गरेका थिए ।

सामसङले नेल्सनको पोस्टलाई हौसलाका साथ प्रतिक्रिया दियो, ‘तिमीले भनेको हो है, हामीले होइनौं ।’ तर नेल्सनले सामसङलाई तुरुन्तै जवाफ दिए, जसले सामसङलाई लज्जित बनाइदियो ।

‘ए हेर त, हरेक वर्ष आउने तिम्रा फोनहरूजस्तै पो रहेछ !’ उनले लेखिदिए । उनको जवाफ सामसङको पछिल्ला फोनहरूतर्फ लक्षित थियो, किनकि ग्यालेक्सी फोनहरूको डिजाइनमा सामसङले खासै परिवर्तन गरेको छैन । यसपछि एप्पल पारखीहरू सामसङलाई जिस्क्याउन तम्सिए ।

विश्वका यी ठूला ब्राण्डका ट्रोलले प्रविधि पारखीलाई भने मनोरञ्जन मिलेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८१ १७:२१