close

दिनको ५ हजारसम्म तलब दिने भन्दै दराजको नाममा ठगी धन्दा, कतै तपाईं त फस्नुभएन ?

टेकपाना टेकपाना

असोज ३, २०८१ १८:४

दिनको ५ हजारसम्म तलब दिने भन्दै दराजको नाममा ठगी धन्दा, कतै तपाईं त फस्नुभएन ?

काठमाडौं । रोजगारी दिने नाममा ठगी भइरहेको घटनालाई लिएर ईकमर्स प्लेटफर्म दराजले सर्वसाधारणलाई सचेत गराएको छ । बिहीवार सामाजिक सञ्जालमार्फत् एक पोस्ट गर्दै दराजले यस्ता ठगी धन्दाबाट बच्न सबैलाई सचेत गराएको हो । 

दराजका अनुसार स्क्यामरहरूले कम्पनीको लोगो प्रयोग गरी फेसबुकमा पार्टटाइम तथा फुलटाइम जागिर खुलेको विज्ञापन गरिरहेका छन् । वास्तविक जस्तै देखिने सो विज्ञापनमा २५ वर्ष पुगेकालाई मासिक २५ हजारदेखि ४७ हजार ५०० रुपैयाँ तलब भएको जागिर दिने आश्वासन दिइएको छ । यसका लागि व्यक्तिले कार्यालयमा नगई घरबाटै काम गर्न सकिने बताइएको छ ।

दराजले यस्ता ठगी धन्दाबाट जोगिन र आफ्नो व्यक्तिगत तथा वित्तीय जानकारी कसैलाई नदिन अनुरोध गरेको छ । यस्तो ठगी धन्दा गर्नेका विरुद्ध कानूनी कारबाहीमा गइसकेको कम्पनीले उल्लेख गरेको छ । यदि यस्तै किसिमका पोस्ट वा घटना देखे ([email protected]) मा मेल पठाउन कम्पनीले अनुरोध गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज ३, २०८१ १८:१५