close

एसिया प्रशान्त क्षेत्रका लगानीकर्ता र उद्यमीलाई जोड्न उद्यमी शिखर सम्मेलन आयोजना हुँदै

टेकपाना टेकपाना

असोज ७, २०८१ १३:४७

एसिया प्रशान्त क्षेत्रका लगानीकर्ता र उद्यमीलाई जोड्न उद्यमी शिखर सम्मेलन आयोजना हुँदै

 

काठमाडौं । नेपालका दुई उदाउँदो प्रविधि कम्पनी स्विभ्ट र इन्भेस्टियाको संयुक्त आयोजनामा उद्यमी शिखर सम्मेलन नेपाल २०२४ आयोजना हुने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै यसको घोषणा गरिएको हो ।

५ अक्टोबर, २०२४ मा सोल्टी होटेल, काठमाडौंमा आयोजना हुने सम्मेलनले भेन्चर क्यापिटालिस्ट (VC), एन्जल लगानीकर्ता, वित्तीय संस्थाहरू, व्यावसायिक लिडर र उद्यमशील समुदायलाई जोड्ने उद्देश्य राखेको छ । जसमा एसिया प्रशान्त क्षेत्रभरबाट सहभागिता रहने आयोजकको भनाई छ ।

यो कार्यक्रमले नेपालको नयाँ स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउन र सहकार्यका अवसरहरू सिर्जना गर्न मद्दत पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ । शिखर सम्मेलनमा एक्सिलेरेट भेन्चर्सका सहसंस्थापक तथा प्रबन्ध साझेदार लियो लिउ विशेष मुख्य वक्ताहरूको रूपमा सहभागी हुने बताइएको छ ।

आयोजकका अनुसार एसिया सीईओ कम्युनिटीका संस्थापक तथा सीईओ गरे लाम, एक्सिलेरेट हङकङका लेभिन हेल्मनी, फिनटेक ग्लोबल बैंकिङ सोलुसन्स मिचेल हो समेत कार्यक्रममा वक्ताको रूपमा उपस्थित हुनेछन् ।

यसैगरी उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल लगानी बोर्डका सीईओ सुशिल ज्ञवालीको पनि कार्यक्रममा उपस्थित हुने अपेक्षा गरिएको छ । उद्यमी शिखर सम्मेलन २०२४ ले हङकङ, सिंगापुर, भारत र नेपालका महत्वपूर्ण व्यक्तित्वहरूलाई एकसाथ ल्याउँदैछ ।

यसले नेपालको उद्यमशील क्षमता कसरी उपयोग गर्न सक्छ भन्नेबारेको विश्वस्तरीय छलफललाई प्रोत्साहन गर्नेछ । यो शिखर सम्मेलनले स्टार्टअप संस्थापकहरू, व्यावसायिक नेताहरू र लगानीकर्तालाई नेटवर्किङ तथा रणनीतिक साझेदारी गर्न र भविष्यका लागि अर्थपूर्ण सहकार्यहरूको उत्कृष्ट मञ्च प्रदान गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज ७, २०८१ १३:४७