close

यसपालीको दशैंमा दराजबाट सामान किन्दा ७० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी

टेकपाना टेकपाना

असोज ११, २०८१ १७:५५

यसपालीको दशैंमा दराजबाट सामान किन्दा ७० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दै दशैं धमाका क्याम्पेन घोषणा गरेको छ । कम्पनीले शुक्रबारदेखि विशेष छुट अफरसहित यो क्याम्पेन घोषणा गरेको हो ।

छुट तथा सुविधाका लागि निकै प्रतीक्षित यस अभियान अन्तर्गत ग्राहकले विभिन्न प्रडक्टमा ७० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । त्यस्तै निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा दुई हजारसम्म नगद छुट समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

आजदेखि सुरु भएको यो क्याम्पेन १ कात्तिकसम्म चल्नेछ । साथै क्याम्पेनमा सहभागी एक भाग्यशाली खरिदकर्ताले वनप्लस नोर्ड सीईथ्री फाइभजी जित्न सक्नेछन् । त्यसैगरी अन्य तीन जनाले सेटाफिलका तर्फबाट १० हजार रुपैयाँ बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् ।

क्याम्पेन अवधिभर डेबिट कार्डमार्फत आफ्नो अर्डरको लागि अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले एक हजार ५ सयसम्म १५ प्रतिशत छुटको मजा लिन सक्नेछन् । साथै क्रेडिट कार्ड प्रयोग गर्नेहरूले दुई हजारसम्म १० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । 

क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डहरूमा मान्य हुनेछ ।

त्यसैगरी ईसेवा, आईएमईपे वालेट प्रयोगकर्ताले आफ्नो अर्डरमा १५ प्रतिशत छुट सुविधा पाउनेछन् । खरिदकर्तालाई दराज भौचरहरू प्रयोग गरी कुल दुई करोडसम्मको छुट पाउन सकिने सुविधा पनि छ ।

त्यसैगरी यस अवधिभर न्यूनतम ४९९ खर्च गर्दा छानिएका बिक्रेताहरू मार्फत चुनिएका उत्पादनहरूमा घरदैलोसम्म निःशुल्क होम डेलिभरीको सुविधा पनि रहेको छ । यो सुविधा उपभोग गर्न दराज एपको होमपेजमा रहेको 'फ्री डेलिभरी' ब्यानरमा क्लिक गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज ११, २०८१ १८:५