close

बाढी सम्बन्धी सन्देश दिन दुई दिनमा पठाइयो ४१ लाख एसएमएस

टेकपाना टेकपाना

असोज १४, २०८१ ७:५

बाढी सम्बन्धी सन्देश दिन दुई दिनमा पठाइयो ४१ लाख एसएमएस

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार दुई दिनमा ४१ लाख नागरिकलाई बाढीसम्बन्धी जानकारीसहित मोबाइल एसएमएस पठाएको छ । विभागका बाढीविद् विनोद पराजुलीका अनुसार एनसेल र नेपाल टेलिकमबाट क्रमशः २१ लाख ७२ हजार र १९ लाख २१ हजार एसएमएस पठाइएको हो ।

विपदबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले टेलिकम र एनसेलसँग समझदारी पत्रमा हस्ताक्षर भएको विभागले जनाएको छ । विभागले हरेक वर्ष करिब ९० लाख एसएमएस पठाउने गरेको छ । 

साथै बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धारका लागि ११४९ नम्बरको व्यवस्था पनि गरिएको छ । 

विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरी ८ वर्षदेखि बाढीको जोखिम रहेका ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गदै आएको छ । विभागका अनुसार बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषण, घुम्रपात लगायतका विपदमा बेलैमा सूचना प्रवाह गर्न यस्तो सहकार्य गरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज १४, २०८१ ७:१४