close

६९ करोड जरिवाना तिरेपछि ब्राजिलमा एक्स माथिको प्रतिबन्ध हट्यो

टेकपाना टेकपाना

असोज २४, २०८१ ८:२७

६९ करोड जरिवाना तिरेपछि ब्राजिलमा एक्स माथिको प्रतिबन्ध हट्यो

काठमाडौं । ५१ लाख डलर (करिब ६९ करोड रुपैयाँ) जरिवाना तिरेसँगै ब्राजिलमा एक्समाथि लागेको प्रतिबन्ध फुकुवा हुने भएको छ । ब्राजिलको सर्वोच्च अदालतले मङ्गलबार एलन मस्कको सामाजिक सञ्जाल एक्स खुलाउने निर्णय गरेको हो ।

बीबीसीका ​अनुसार एक्सले ५१ लाख डलर जरिवाना तिरेको र ब्राजिलको कानुनअनुसार स्थानीय प्रतिनिधि नियुक्त गर्ने सहमति जनाएपछि न्यायाधीश अलेक्सान्ड्रे दे मोराएसले एक्सको सेवा पुनः सुरु गर्न अनुमति दिएका छन् । 

यसअघि २०२२ को ब्राजिलको राष्ट्रपतीय चुनावमा गलत सूचना फैलाएको आरोपमा केही प्रोफाइलहरू ब्लक गर्न अदालतले आदेश दिएको थियो । तर एक्सले उक्त आदेश अस्वीकार गरेपछि न्यायाधीश मोराएसले ब्राजिलभर एक्सको पहुँच रोक्न आदेश दिएका थिए । 

यससँगै विगत एक महिनादेखि चलिरहेको कानूनी संघर्ष अन्त्य भएको भने दुई करोड २० लाख बढी प्रयोगकर्ताले पुन: एक्स चलाउन पाउने भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २४, २०८१ ८:४३