close

राइड शेयरिङ प्लेटफर्म ‘सजिलो’ ले ल्यायो निःशुल्क बीमा सेवा

टेकपाना टेकपाना

पुस २१, २०८१ १९:३४

राइड शेयरिङ प्लेटफर्म ‘सजिलो’ ले ल्यायो निःशुल्क बीमा सेवा

काठमाडौं । नेपाली राइड शेयरिङ एप ‘सजिलो’ले आफ्नो ग्राहक र राइडरका लागि निःशुल्क बिमा कभरेज सेवा सुरु गरेको छ । सजिलो साथी प्रालिले बिहीबारदेखि निःशुल्क बीमा सेवा सुरु गरेको हो । 

यसका लागि कम्पनीले शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको छ । सम्झौतापत्रमा शिखर इन्स्योरेन्सको तर्फबाट ग्वार्को शाखा प्रमुख सुमन खनाल र सजिलो साथी प्रालिका निर्देशक दिवाकर खनालले हस्ताक्षर गरेका हुन् । 

सजिलोका सीईओ अमर लामाका अनुसार यो बिमा कभरेज राइडरले ग्राहकलाई लिन जाँदा, पुर्‍याउँदा र फर्केर आउँदा पनि लागू हुनेछ । ग्राहक र राइडरको सुरक्षालाई प्राथमिकतामा राखेर बीमा सुविधा ल्याइएको उनले बताए ।

शिखर इन्स्योरेन्ससँगको यो सहकार्यले सजिलोलाई अझ सुरक्षित र भरपर्दो राइड शेयरिङ प्लेटफर्मका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने उनको विश्वास छ ।

पछिल्लो अध्यावधिक: पुस २१, २०८१ २२:३९