close

चर्को आलोचना भएपछि एनसेलले सुटुक्क बढाएर नेपाल टेलिकम सरह बनायो रिचार्जको भ्यालिडिटी

टेकपाना टेकपाना

पुस २२, २०८१ २२:५

चर्को आलोचना भएपछि एनसेलले सुटुक्क बढाएर नेपाल टेलिकम सरह बनायो रिचार्जको भ्यालिडिटी

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले रिचार्ज भ्यालिडिटी घटाएको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि सुटुक्क सच्याएको छ । कम्पनीले आफ्नो वेबसाइट तथा मोबाइल एपमा रिचार्ज कार्डको भ्यालिडिटी बढाएर करिब नेपाल टेलिकम सरह कायम गरेको हो ।

यससँगै अब ५० देखि ९९.९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले ३० दिनको भ्यालिडिटी पाउनेछन् भने १०० देखि १९९.९९ रुपैयाँसम्मको रिचार्जमा ६० दिनको मान्य अवधि दिइएको छ । यसैगरी २०० देखि २९९.९९ रिचार्जमा १४० दिन, ३०० देखि ४९९.९९ सम्मको रिचार्जमा २०० दिन, ५०० देखि ९९९.९९ रुपैयाँसम्मको रिचार्जमा ३६० दिन र १००० वा सोभन्दा माथिको रिचार्जमा ७३० दिनको भ्यालिडिटी कायम गरिएको छ ।

जब कि केही महिना यता कम्पनीले १,००० रुपैयाँको रिचार्जमा ९० दिनको मात्र भ्यालिडिटी दिँदै आएको थियो । त्यस्तै रिचार्जको मान्य अवधि ५० देखि ९९ रुपैयाँसम्मका लागि ७ दिन, ५०० देखि ९९९ सम्म ५० दिन र १००० देखि माथिका लागि ९० दिन राखिएको थियो । 

लामो समयसम्म सिम एक्टिभ रहने हुँदा सित्तैमा इनकमिङ कल मात्र लिने तथा कम्पनीको आम्दानीमा योगदान नदिने ग्राहकलाई निरुत्साहित पार्न एनसेलले भ्यालिडिटी अवधि घटाएको थियो । तर अहिले आएर कम्पनीले सो नीति परिमार्जन गरेको हो ।

पछिल्लो अध्यावधिक: पुस २२, २०८१ २२:११