नक्कली आईडीको बिगबिगीपछि प्रधानमन्त्रीले खोलिन् आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट
असोज २०, २०८२ ७:५७
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीका आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट सार्वजनिक गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै कार्यालयले एक्स, फेसबुक र इन्स्टाग्राममा खोलिएका प्रधानमन्त्रीका आधिकारिक अकाउन्टबारे जानकारी दिएको हो ।
सामाजिक सञ्जालका विवरणहरू निम्नानुसार रहेका छन्:
-
एक्स (X): @pmsushilakarki
-
फेसबुक (Facebook): PM Sushila Karki ([email protected])
-
इन्स्टाग्राम (Instagram): pm.sushila.karki ([email protected])
विज्ञप्तिमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीका आधिकारिक सामाजिक सञ्जाल आजका मितिदेखि देहाय अनुसार रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।”
प्रधानमन्त्रीको नाममा नक्कली सामाजिक सञ्जाल अकाउन्टहरू सञ्चालन भइरहेको र तीबाट गलत सूचना प्रवाह भइरहेको पाइएपछि आधिकारिक अकाउन्ट खोलिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २०, २०८२ ८:८
