close

नेपाल टेलिकमको मोबाइल डेटा सेवा अवरुद्ध, प्रयोगकर्ता समस्यामा

टेकपाना टेकपाना

मंसिर १६, २०८२ १७:५६

नेपाल टेलिकमको मोबाइल डेटा सेवा अवरुद्ध, प्रयोगकर्ता समस्यामा

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल डेटा सेवामा समस्या देखिएको छ । टेलिकमको नेटवर्कमा मोबाइल डेटा (इन्टरनेट) नचल्दा काठमाडाैँसहित विभिन्न ठाउँका प्रयोगकर्ता प्रभावित भएका छन् ।

मंगलबार अपराह्न करिब साढे ५ बजेयता सेवा नचलेको भन्दै प्रयोगकर्ताहरूले गुनासो गरेका छन् । मोबाइलमा डेटा अन गर्दा पनि इन्टरनेट कनेक्सनको सङ्केत देखिएको छैन ।

टेकपानाले गरेको परीक्षणका क्रममा टेलिकमको सिमबाट भ्वाइस कल (फोन) लागिरहेको भए पनि डेटा सेवा अवरुद्ध रहेको पाइएको छ । सेवा अवरुद्ध हुनुको कारणबारे बुझ्न नेपाल टेलिकमका प्रवक्तासँग सम्पर्क गर्ने प्रयास गरिए पनि सफल हुन सकेन ।

कम्पनीले अहिलेसम्म मोबाइल सेवामा देखिएको समस्याबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

 

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८२ १९:१४