close

रोयल्टी र आरटीडीएफ नबुझाउने २० आईएसपीलाई ३५ दिने अल्टिमेटम, नतिरे लाइसेन्स खारेज !

टेकपाना टेकपाना

मंसिर २१, २०८२ १८:५९

रोयल्टी र आरटीडीएफ नबुझाउने २० आईएसपीलाई ३५ दिने अल्टिमेटम, नतिरे लाइसेन्स खारेज !

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको रकम नबुझाउने २० इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाई ३५ दिनभित्र बक्यौता तिर्न अल्टिमेटम दिएको छ ।

प्राधिकरणले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट), रोयल्टी र आरटीडीएफ शुल्क नबुझाएका सेवा प्रदायकहरूलाई तोकिएको समयभित्र रकम दाखिला गर्न ताकेता गरेको हो ।

“बक्यौता बुझाउन प्राधिकरणबाट पटकपटक पत्राचार, ईमेल तथा सूचनामार्फत जानकारी गराउँदा समेत विवरणसहित बाँकी बक्यौता रकम दाखिला गरेर जानकारी नगराई प्राधिकरणको सम्पर्कमा समेत नआएको हुँदा ३५ दिनभित्र भुक्तानी गर्न जानकारी गराइन्छ,” प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ । 

तोकिएको अवधिमा बक्यौता भुक्तानी नगरेर अनुमति पत्र खारेज गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।

यी सेवा प्रदायकहरूले आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नै नबुझाएका कारण उनीहरूबाट कति रकम उठाउन बाँकी छ भन्ने यकिन गर्न नसकिएको प्राधिकरणको भनाइ छ ।​​

यी हुन् २० इन्टरनेट सेवा प्रदायक:

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८२ १४:०