close

ग्रीन हाइड्रोजन उत्पादनका उपकरण आयातमा भ्याट छुट दिइने

टेकपाना टेकपाना

जेठ १६, २०८३ १२:४०

ग्रीन हाइड्रोजन उत्पादनका उपकरण आयातमा भ्याट छुट दिइने

काठमाडौँ । सरकारले ग्रीन हाइड्रोजनका लागि आवश्यक पर्ने मसिन, यन्त्र तथा उपकरण आयात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिने भएको छ । शुक्रबार संसदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गरेको ‘आर्थिक विधेयक, २०८३’ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

“ग्रीन हाइड्रोजन उत्पादनको लागि आवश्यक पर्ने मसिन, यन्त्र तथा उपकरण उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको सिफारिसमा पैठारी गर्दा मूल्य अभिवृद्धि कर छुट दिइनेछ,” विधेयकमा भनिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन सुरुवात गर्न हेटौँडामा २.५ मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा कार्यान्वयन गर्ने घोषणा गरेका छन् । साथै उनले ग्रीन हाइड्रोजन उत्पादनको कामलाई अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था समेत गरिने बताएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८३ १३:२