close

उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर

टेकपाना टेकपाना

जेठ १८, २०७८ १३:५७

उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष एवं आन्टरप्रेनियर फर नेपालका सहसंस्थापक उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाे छ ।

ललितपुरस्थित नेपाल मेडिसिटीमा उपचाररत थापाको इक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार आउन नसकेकाे अस्पताल स्राेतले जनाएकाे छ ।

कोरोना र निमोनिया देखिएपछि केही साताअघि अस्पताल भर्ना भएका थापाकाे उपचारका लागि देशविदेशबाट सहयाेग रकम संकलन भइरहेकाे छ ।

सोमबार पीसीआर परीक्षणमा नेगेटिभ आएपनि उनकाे स्वास्थ्य अवस्था भने स्थिर छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३