काठमाडौं । नेपाली बजारमा बेन्को स्मार्टफोनको मूल्य घटेको छ । कम्पनीले बेन्को एस वन (Benco S1) का दुई भेरियन्ट र बेन्को भी९१ (Benco V91) फोनको मूल्य घटाएको हो ।
यसअन्तर्गत १४ हजार ९९९ रुपैयाँ पर्ने ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज रहेको बेन्को एस वनको मूल्य १३ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै बेन्को एस वन मोडेलकै ८ जीबी र्याम तथा १२६ जीबी स्टोरेज भेरियन्टको मूल्य यसअघि १५ हजार ९९९ रुपैयाँ रहेकोमा अब १४,९९९ रुपैयाँमा किन्न सकिन्छ ।
त्यसैगरी १५,३९९ रुपैयाँ पर्ने ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएको बेन्को भी ९१ को मूल्य घटेर १४,३९९ रुपैयाँ कायम गरिएको छ ।