काठमाडौं । ग्राफिक्स डिजाइन आजको जमानामा अपरिहार्य भएको कुरामा दुई मत छैन । अब सामान्य डिजाइन बनाउन र थोरबहुत विषयगत ज्ञान हासिल गरेर प्रोफेसनल डिजाइन बनाउन ग्राफिक्स डिजाइरकै भर पर्नुपर्ने बाध्यता विस्तारै घट्दै गइरहेको छ । यसको कारण, अनेकन् ग्राफिक्स डिजाइिङ टुल सजिलै उपलब्ध हुनु हो ।
तपाईंको रुचि र प्रत्यन्न एकै ठाउँमा आएर जोडिए, सजिलै ग्राफिक्स डिजाइनिङ गर्न सक्नुहुन्छ । यसैसँग केन्द्रित रहेर अहिले अनलाइनमा अनेकन् ट्युटोरियल्स/कोर्स पाइन्छन् ।
रङको सही संयोजन भएको ग्राफिक्सलाई राम्रो मानिन्छ । विभिन्न वस्तु/आकार र रङको संयोजन नमिलेको ग्राफिक्सलाई राम्रो मानिँदैन । सोही कारण कुनै पनि ग्राफिक्स बनाउन अघि रङको संयोजन जाँच गर्नु अति आवश्यक छ ।
तपाईंले आफ्नो कलर प्यालेट छानिसकेपछि ग्राफिक्सका लागि ती सुहाँउदो हुन्छ/हुन्न हेर्नु पर्ने हुन्छ । यसका लागि विभिन्न तरिका छन् । ती मध्ये ‘कलर कन्ट्रास्ट चेकर टुल’ प्रयोग गर्नु पनि एउटा उपाय हो ।
अझ तपाईं सिकारु ग्राफिक्स डिजाइनर हुनुहुन्छ भने त यो अति नै अपरिहार्य छ ।
त्यस्ता टुल वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन्स (डब्लूसीएजी) ले तोकेको अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारिएको हुन्छ । विभिन्न असक्षमतालाई समेट्ने गरी तयार पारिएको उक्त मापदण्डले असक्षमता भएका व्यक्तिका लागि वेबमा पाइने सामग्रीलाई कसरी पहुँचयोग्य बनाउने भनेर स्पष्ट पारेको छ ।
आज हामी अनलाइनमा उपलब्ध विभिन्न त्यस्ता टुलबारे चर्चा गर्ने छौं:
एडोबी कलर
\सफ्टवेयर कम्पनी एडोबी ग्राफिक्स डिजाइनिङको क्षेत्रमा कुनै नयाँ नाम होइन । डिजाइनरलाई फाइदा पुग्ने गरी एडोबीले विभिन्न टुलहरू निर्माण गरेको छ । ती मध्ये एडोबी कलर एक हो ।
यसै भित्र हामीले कन्ट्रान्ट चेकर टुल पाउन सक्छौं । जहाँ तपाईंले टेक्स्ट र ब्याकग्राउन्ड रङ इन्पुटका रुपमा हाल्नु पर्ने हुन्छ । अथवा कुनै फोटोबाट रङ इन्पोर्ट गर्न पनि सक्नुहुन्छ । त्यसपछि सोका आधारमा उक्त रङको कन्ट्रास्ट उपयुक्त छ/छैन तल देखिन्छ ।
यदि कन्ट्रास्ट नमिले रातो रङमा 'फेल' भनेर देखिन्छ । मिले हरियो रङमा 'पास' भनेर देखिन्छ । यसका साथै स्क्रिनको दायाँ भागमा तपाईंले छानेका रङको आधारमा कन्ट्रास्ट रेसियो सल्लाहका स्वरुपमा समेत देख्न सक्नुहुन्छ । यो टुल प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।
एक्सेसिबल वेब
यस वेब टुल निकै सामान्य डिजाइनमा तयार पारिएको छ । यसबाट कन्ट्रास्ट चेक गर्न तपाईंले ब्याकग्राउन्ड र फोर ग्राउन्डको रङ चयन गर्नुपर्ने हुन्छ । त्यसपछि स्क्रिनको ठीक तल सानो बक्समा ती रङको संयोजन कस्तो हुन्छ भनेर देखिन्छ । त्यस्तै सो रङ संयोजन कतिको उपयुक्त छ भनेर भने तालिकामा देखिन्छ ।
त्यहाँ डब्लुसीएजीको स्ड्यान्डर्ड 'ए ए' र 'ए ए ए'का आधारमा नतिजा देखिएको हुन्छ । रङ संयोजन नमिलेको खण्डमा यहाँ स्वत: सल्लाह दिने फिचर भने छैन । तर तपाईंले यस टुलको एक्सटेन्सन इन्स्टल गरेर समेत प्रयोग गर्न सक्नुहुन्छ । यो टुल प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।
वेब एआईएम
ग्राफिक्समा प्रयोग हुने रङको संयोजन जाँच्ने अर्को टुल हो, वेब एआईएम । यसको डिजाइन भने अलि भद्दा र पुरानो जस्तो देखिन्छ । यसमा पनि फोरग्राउन्ड र ब्याकग्राउन्डको रङ हाल्नु पर्ने हुन्छ । यसका लागि तपाईंले स्लाइडबाट समेत रङको हेक्स भ्यालु परिवर्तन गर्न सक्नुहुन्छ ।
त्यसपछि सोका आधारमा अलि तल कन्ट्रास्ट रेसियो र नतिजा देखिन्छ । यसमा पनि रङ संयोजन नमिले 'पास' र 'फेल' भनेर देखिन्छ । यो टुल प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।
कलर्स
यसमा पनि तपाईंले टेक्स्ट र ब्याकग्राउन्ड रङका आधारमा कुनै पनि रङको कन्ट्रास्ट चेक गर्न सक्नुहुन्छ । यसको डिजाइन निकै सामान्य तर आकर्षक छ । तपाईंले रङहरू छानेपछि त्यसको नतिजा दायाँ बक्समा देखिन्छ । यदि उक्त संयोजन नमिले स्क्रिनको बायाँ भागमा देखिन्छ । यसको राम्रो पक्ष रेटिङ शैलीमा संयोजन मिले/नमिलेको देखिन्छ ।
यदि तपाईंले छानेको रङको संयोजन नमिले अलि तल 'क्लिक टू फिक्स' छ, त्यसमा क्लिक गर्न सक्नुहुन्छ । त्यहाँ टेक्स्ट, ब्याकग्राउन्ड वा दुवैको रङ मिलाउने भनेर विकल्प दिइएको छ । त्यहाँ एक क्लिक गर्न साथै नमिलेको संयोजन मिल्छ । यो टुल प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।