close
एडब्लूएस सामुदायिक दिवस (AWS Community Day)
  • Organizer: एडब्लूएस युजर ग्रुप नेपाल (AWS User Group Nepal)

Keynote Speaker: 

Bishwajit Mohapatra (India CSM Leader, AWS)

Event Speakers:

Anjani Phuyal (AWS Ambassador and AUG Nepal Leader, CEO, Genese Solution),

Ridhima Kapoor (Developer Marketing Lead AWS),

Abhinav Dubey (DevOps Engineer, AWS Community Builder, Devtron Inc),

Sandip Das (Senior Cloud DevOps Engineer, AWS Hero & Youtuber, Gryphon Online Safety Inc),

Tejas Gupta (DevOps Engineer, AWS Community Builder, Physicswallah),

Abiral Sangroula (Staff Software Engineer, AWS Community Builder, Genese Solution),

Ashish Kumar (CTO- Cloud and DevOps, AWS Community Builder, CloudZenia),

Nilesh Vaghela (AWS Community Hero, Electromech Cloudtech Pvt. Ltd.),

Sundar Shrestha (Senior DevOps Engineer, Itonics),

Pooja Shrestha (Cloud Engineer, Genese Solution),

Sushant Paudyal (Pre-Sales Solutions Architect, AWS Ambassador, Genese Solution),

Raju Mandal (AWS Community Builder, Senior Data Engineer, Genese Solution),

Vishal Alhat (Software Engineer, Forcepoint Software), 

Kanwar Nain Singh (Specialist Solutions Architect-Databases, AWS),

Ramneek Kaira (Cloud Support Engineer, AWS Support Engineering, AWS)

 

आउँदो आइतबार (९ वैशाख) मा दोस्रो 'एडब्लूएस सामुदायिक दिवस' मनाइने भएको छ । 'एडब्लूएस युजर ग्रुप नेपाल' को आयोजनामा राजधानीमा उक्त कार्यक्रम आयोजना हुने भएको हो ।

जेनेस सलुसन र सन-वे कलेज सह-आयोजक रहेको उक्त कार्यक्रमले क्लाउडको बारेमा थप जान्न चाहने, प्रविधि क्षेत्रका पेसाकर्मी र सूचना प्रविधि क्षेत्रका अगुवाहरूलाई आपसी विचार आदानप्रदान गर्न र क्लाउड कम्प्युटिङ सम्बन्धी पछिल्ला ट्रेन्डबारे छलफल गर्न एक साझा मञ्च उपलब्ध गराउने छ।

एडब्लूएस सामुदायिक दिवस एडब्लूएस कम्युनिटीले आयोजना गरेका क्लाउड शिक्षा सम्बन्धी कार्यक्रम हो, जहाँ विज्ञ एडब्लूएस  प्रयोगकर्ता तथा विश्वव्यापी रूपमा काम गर्ने व्यवसायीले प्राविधिक जानकारी दिन्छन् ।

'एडब्लूएस सामुदायिक दिवस नेपाल २०२४' ले   अमेजन वेब सर्भिस (एडब्लूएस) मार्फत सहभागीको ज्ञान तथा व्यवहारिक सीप वृद्धि गर्न तथा प्रविधिको विकाससँगै अपग्रेड भई व्यावसायिक वृद्धिलाई सघाउन विभिन्न वक्ता, कार्यशाला गोष्ठी तथा नेटवर्किङ अवसर उपलब्ध गराउने छ ।

'एडब्लूएस युजर ग्रुप' ब्लकचेन, कृत्रिम बौद्धिकता, पर्फर्मेन्स कम्प्युटिङ तथा क्लाउड कम्प्युटिङ प्रविधि जस्ता अमेजन वेब सर्भिस सम्बन्धी प्रविधिबाट आपसमा बाँधिएका छन् ।

२१ अप्रिल बिहान ९ बजे काठमाडौं, मैतिदेवी मार्गस्थित सनवे कलेजमा ९:३० बजेदेखि कार्यक्रम सुरु हुनेछ । सहभागीहरूले कार्यक्रम स्थलमा गएर अथवा यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन् । दर्ताका लागि ५०० रुपैयाँ शुल्क लाग्ने बताइएको छ । जसमा स्ट्यान्डर्ड टिकेटको साथमा हाईटी तथा स्न्याक्स र कन्फ्रेन्स सेसनका लाग प्रवेश समावेश छ ।

कार्यक्रममा एडब्लूएस एम्बेस्डर तथा  'एडब्लूएस युजर ग्रुप नेपाल'  का अगुवा अञ्जनि फुयाँलले प्रस्तुति दिनेछन् ।  बेलायतमा मुख्यालय रहेको कम्पनी, जेनेस सलुसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत समेत रहेका  फुयाँलले  एडब्लूएसका क्षेत्रमा भइरहेका पछिल्ला विकासक्रम, एडब्लूएस प्रविधि र उत्कृष्ट अभ्यासहरूका बारेमा आफ्नो अनुभव तथा दृष्टिकोण राख्नेछन् ।

कार्यक्रमको प्राविधिक सत्रमा एडब्लूएस इन्डियामा डेभलपर मार्केटिङ म्यानेजरको रूपमा कार्यरत रिधिमा कपुरले प्रस्तुति दिने छिन् भने प्यानल छलफलपछि सुरु हुने 'डेभअप्स ट्रयाक' मा सन्दीप दास, तेजस गुप्ता, अभिनव दुबे, रामनिक कालरा लगायतका वक्ताले एडब्लूएसमा डेभअप्सको ज्ञान शक्तिबारे आफ्नो अनुभव शेयर गर्ने छन्।  त्यसपछि आयोजना गरिने 'क्लाउड सेक्युरिटी ट्रयाक' मा सुन्दर श्रेष्ठ, अविरल संग्रौला, निलेश बाघेला र विशाल अल्हतले आफ्ना अनुभव सुनाउनेछन् ।