close

एनसेल प्रयोगकर्ताले ७९ रुपैयाँले घटाए औषत मोबाइल खर्च

टेकपाना टेकपाना

भदौ १२, २०७७ १९:२७

एनसेल प्रयोगकर्ताले ७९ रुपैयाँले घटाए औषत मोबाइल खर्च

काठमाडौं । एनसेलले सन् २०२० को दोस्रो त्रैमासिकमा मात्र पौने पाँच अर्ब रुपैयाँभन्दा बढीको घाटा व्यहोरेको छ । कोरोना भाइरसका कारण प्रयोगकर्ताले मोबाइलमा गर्ने खर्च घटाएसँगै कम्पनीको आम्दानी भारी मात्रामा घट्न पुगेको हो ।

यस अवधिमा कम्पनीका प्रयोगकर्ताले डेटा तथा भ्वाइस सेवामा गर्ने खर्च भारी मात्रामा घटेको छ । लकडाउनका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण प्रयोगकर्ताले मोबाइलमा कम खर्च गरेको हुनसक्ने ठानिएको छ । 

कम्पनीको दोस्रो त्रैमासिकको वित्तीय प्रतिवेदन अनुसार एनसेलका ग्राहकले सन् २०१९ को दोस्रो त्रैमासिकमा पोस्टपेडमा औषत रुपमा ५५९ रुपैयाँ र प्रिपेडमा २८२ रुपैयाँ खर्च गरेका थिए । तर चालु वर्षको सोही अवधिमा भने प्रतिव्यक्ति प्रयोगकर्ताको औषत खर्च पोस्टपेडमा २५३ रुपैयाँ र प्रिपेडमा १८९ रुपैयाँ मात्र छ । 

यस हिसावले समग्रमा गत वर्षको तुलनामा कम्पनीले प्रयोगकर्ताले मोबाइलमा गर्ने खर्च औषतमा २६९ रुपैयाँबाट घटेर ठाउँमा १९० रुपैयाँमा झरेको छ । मोबाइल डेटाको प्रयोग दोब्बरभन्दा बढीले वृद्धि भए पनि भ्वाइस सेवातर्फ कम्पनीले ठूलो घाटा व्यहोरेको हो । 

चालु वर्षको पहिलो तीन महिनाको तुलनामा कम्पनीको कूल आम्दानीमा डेटाको हिस्सा ४ प्रतिशतले बढेर २६ प्रतिशत पुगेको छ । कुल आम्दानीमा डेटाको योगदान बढे पनि तीन महिनाको अवधिमा कम्पनीले डेटातर्फ ६७ करोड १३ लाख ७० हजार रुपैयाँले आम्दानी गुमाएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०