close

कोभिडको समस्याबीच भाइबरको छलाङ, नेपालमै राख्यो यस्तो रेकर्ड

टेकपाना टेकपाना

भदौ १४, २०७७ १६:४३

कोभिडको समस्याबीच भाइबरको छलाङ, नेपालमै राख्यो यस्तो रेकर्ड

काठमाडौं । कोभिड १९ को महामारीले विश्व अर्थतन्त्रमा नकारत्मक असर परेको छ । यसको असर राकुटेन भाइबरलाई पनि पक्कै परेको छ । तर, याे असरका बीच देखिएका सुधारले भने भाइबरलाई नयाँ दिशा दिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २०२० को पहिलो ६ महिना भाइबर टिमका लागि एक नयाँ अनुभव बनेको छ । यही समय कम्पनीका लागि नयाँ कोशेढुंगा पनि भएको छ ।

‘एसिया प्यासिफिक क्षेत्रभर भाइबरको प्रस्तुति उल्लेखनीय मात्रामा वृद्धि भएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत वर्षको यही अवधिको तुलनामा कम्युनिटी हेर्नेको संख्यामा एक सय २९ प्रतिशतले वृद्धि भएको छ भने कम्युनिटीमा प्रवाहित सन्देशहरुको संख्या दुई सय आठ प्रतिशतले बढेको छ ।’

आउँदो डिसेम्बरमा भाइबरले आफ्नो दसाैं वार्षिकोत्सव मनाउँदै छ । त्यतिन्जेल प्रयोगकर्ताका लागि आश्चर्यचकित बनाउने खालका सुविधा विकास गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २०१९ को तुलनामा भाइबरले नेपालमा २०२० को पहिलो ६ महिनाकै अवधिमा प्रतिदिनको गतिविधिमा १७ प्रतिशतले वृद्धि भएर प्रयोगको एउटा रेकर्ड नै कायम गरेको छ ।

यसैगरी, समूह र कम्युनिटीबीचमा सञ्चार आदानप्रदानको सन्दर्भमा अन्य क्षेत्रले पनि गतिशील गतिविधि प्रस्तुत गरेका छन् । एसिया–प्यासिफिक क्षेत्रका देशहरुमा सन् २०१९ को तुलनामा हेर्दा भाइबर ग्रुपमा पठाइएका सन्देशहरुको संख्या अत्याधिक मात्रामा वृद्धि भएको उल्लेख गरिएको छ ।

जसमा फिलिपिन्समा ९५ प्रतिशत, नेपालमा ६७ प्रतिशत, म्यानमारमा ४१ प्रतिशत, श्रीलंकामा ९१ प्रतिशत, भियतनाममा ४३ प्रतिशत र बंगलादेशमा ४८ प्रतिशत सन्देश बढेको पाइएको छ ।

कम्युनिटी व्यस्तता पनि यसरी नै बढेको छ, धेरैजसो देशहरुमा यसको संख्या करिब २ गुणा छ भने नेपालमा १९५ प्रतिशतले बढेको देखिन्छ ।

‘माइ नोट्स फीचरले ले प्रयोगकर्तालाई उनीहरुका सबै उपकरणभरी आफ्ना कार्य र मिडिया सिंक गर्न सक्षम बनाएको छ,’ भाइबरले भनेको छ, ‘प्रयोगकर्ताको गृह पृष्ठमा देखिन सुरु भएको ‘बर्थडे रिमाइण्डर’ ले उनीहरूको सम्पर्कमा रहेकामा कसको जन्मदिन परेको छ भनेर थाहा पाउन सजिलो बनाइदिएको छ ।

‘डिस्एपिरिङ मेसेजेस’ ले प्रयोगकर्तालाई संवेदनशील सन्देशमा अवधि सीमा कायम गर्न सहज गरिदिएको छ । साथै एक बेग्लै किसिमको भाइबर ‘जिआइएफ क्रिएटर’ ले फोनको भिडियोलाई जिआईएफमा बदल्न सजिलो बनाएको छ ।’

भाइरबरले कोभिड १९ महामारीसँगै ग्रुप भिडियाे र अडियो कलहरुमा एकपटकमा अधिकतम २० जनासम्म सहभागी बन्नसक्ने गरी आफ्नो कल क्षमतामा २ गुणा वृद्धि गरेको छ । भाइबरले विश्व स्वास्थ्य संगठनको लागि एक विशेष च्याटबट सुरु गरेको छ ।

जसले यस अन्तर्राष्ट्रिय संस्थालाई कोभिड १९ सम्बन्धि प्रमाणित जानकारी सार्वजनिक गर्न तथा कोरोना भाइरसबारे व्यक्तिको जिज्ञासालाई उनीहरुकै मैसेजिङ एपभित्र जवाफ दिन मिल्ने बनाएको छ ।

एसिया प्यासिफिक क्षेत्रका केही प्रमुख स्वास्थ्य संगठनहरुले विश्वासिलोे प्लेटफर्मको रुपमा भाइबर प्रयोगमा ल्याएका छन् । कोरोना महामारीसँग सम्बन्धित प्रमाणित जानकारी पठाउन र सहयोग गर्न भाइबरसँग साझेदारी गरेका छन् ।

यसरी साझेदारी गर्ने संस्थाहरुमा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि एक हो । योसँगै यो वर्ष नेपालका प्रमुख १० बैंकले भाइबरसँग साझेदारी गर्दै बैंकिङ बटको सुरुवात गरेका छन् । यसमार्फत प्रयोगकर्ताले उनीहरुको मौज्दात जाँच गर्ने, वित्तीय विवरण हेर्ने र टपअप गर्ने सुविधा प्राप्त गरेका छन् ।

याे पनि पढ्नुहाेस् : अब भाइबरमै टेकपानाको अपडेट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०